हेटौंडा/हेटौंडाका युवा व्यवसायी मजिद मियाँ सिद्धिकेले आफ्नो आमाको स्मृतिमा बिरामीहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउन सहयोग गरेका छन् ।हेटौंडा–२ स्थित सुविधा पोलिक्लिनिक (तमुः फार्मेर्सी)मा रहने गरी सिद्धिकेले बिहीबार एक कार्यक्रमबीच इलेक्ट्रिक अक्सिजन मेसिन उपलब्ध गराएका छन् । आप्mनी आमा (महरुम) उसुम नेसाको स्मृतिमा छोरा सिद्धिकेले बिरामीहरुलाई आवश्यक समयमा निःशुल्क अक्सिजन प्रदान गर्ने भन्दै पोलिक्लिनिकलाई मेसिन हस्तान्तरण गरेका हुन् हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिद्धिकेले पोलिक्लिनिकका सञ्चालक सुधिर दाहाललाई अक्सिजन मेसिन हस्तान्तरण गरेका छन् । सञ्चालक दाहालले अक्सिजन वार्डका रुपमा एउटा कोठा छुट्टै तयार गरेर बिरामीलाई निःशुल्क अक्सिजन लगाउने व्यवस्था गरिने जानकारी दिए । उक्त इलेक्ट्रिक मेसिनबाट २४ घण्टासम्म बिरामीलाई निरन्तर अक्सिजन लगाउन सकिने सिद्धिकेले जानकारी दिए । मेसिन हस्तान्तरण कार्यक्रममा मुस्लिम संगठन नेपालका केन्द्रीय सदस्य समिम खान, मुस्लिम युवा समाज मकवानपुरका अध्यक्ष मो.सजिक मियाँ लगायतकाको आतिथ्यता थियो । अक्सिजनको नियमित मर्मतसम्भार पोलिक्लिनिकले गर्ने जनाइएको छ ।