हेटौंडा/ मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका ५ वस्तीमा विद्युत विस्तारको काम तीव्र रुपमा अगाडि बढेको छ । विगत लामो समयदेखि अन्धकारबा बस्न बाध्य मनहरी–४ मसिने क्षेत्रका बासिन्दाले करिब एक हप्ताभित्र बिजुली बाल्न पाउने भएका छन् । ४ नम्बरका वडाध्यक्ष ध्रुव खड्काले बिहीवार विद्युत पोल र तार वितरण गरेपछि अन्धकारमा बस्दै आएका मसिने क्षेत्रका बासिन्दाको घरमा बिजुली बल्ने निश्चित भएको हो ।मसिने क्षेत्रको ज्यामिरे, लाम्पाख्रा, बनकरिया बस्ती, नयाँबस्ती लगायतका स्थानमा विद्युत विस्तार गर्ने काम अगाडि बढेको छ ।