गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । यो सँगै स्वास्थ्य र शिक्षा पनि मानिसका अनिवार्य आवश्यकता हुन् । हालसम्म सम्पूर्ण नेपालीको आधारभूत आवश्यकता सरकारले पूरा गर्न सकेको अवस्था छैन । देशमा जारी भएको नयाँ संविधान पनि आधारभूत आवश्यकताहरुलाई मौलिक हकको रुपमा प्रस्तुत गरिएको छ । तर, पनि पूरा हुन सकेको छैन् । करिब चारवर्षको लामो प्रयासपछि वर्तमान केपी ओली नेतृत्वको संघीय सरकारले देशभरको सम्पूर्ण स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्य थालनी गरेको छ । संघीय सरकारले देशभर तीनसय ९६ वटा स्थानीय तहमा एकैपटक आधारभूत अस्पताल निर्माणको सुरुवात सोमबारबाट गरेको हो । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री गगन थापाले ल्याएको नीतिलाई फ्लो गर्दै वर्तमान सरकारले आधारभूत तहका अस्पताल नभएको स्थानीय तहहरुमा अस्पतालको निर्माण एकैदिन एउटै मोडलमा सुरु गरेको हो ।
संघीय सरकारले वाग्मती प्रदेशमा ५१ वटा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । संघीय सरकारले सात वटै प्रदेशमा एकै पटक ३ सय ९६ आधारभूत अस्पताल बनाउने योजनाअन्तर्गत वाग्मतीमा पनि ५१ वटा अस्पताल निर्माण गरिने भएको हो । वाग्मतीमा ५ शैøयाको आठ, १० शैøयाको २० र १५ शैøयाको २३ वटा अस्पताल निर्माण ह’ने भएको हो । सरकारले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ५, १० र १५ शैøयाका आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको
छ । वाग्मतीमा ५१ वटा अस्पताल एकैदिन शिलान्यास गरिएको छ । वाग्मतीका १३ जिल्लामा निर्माण गरिने अस्पतालका लागि ५ अर्ब ९६ करोड ५५ लाख ३४ हजार लागत अन’मान गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दोलखामा ७९ करोड २७ लाख ७८ हजार लागतमा ७ वटा, रामेछापमा ५७ करोड ८० लाख ३६ हजार लागतमा ४ वटा, सिन्धुलीमा ६५ करोड ३ लाख ८२ हजार लागतमा ४ वटा, काभ्रेमा ६१
करोड ४० लाख २६ हजार लागतमा ५ वटा र सिन्धुपाल्चोकमा ५५ करोड १७ लाख ३४ हजारमा ५ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना छ । रसुवामा ३२ करोड ३० लाख ७८ हजारमा ३ वटा, नुवाकोटमा ६१ करोड ४० लाख २६ हजारमा ६ वटा, धादिङमा ७२ करोड १५ लाख ८० हजारमा ५ वटा, चितवनमा २८ करोड ९० लाख १८ हजारमा २ वटा, मकवानपुरमा ६४ करोड ९२ लाख ३४ हजार, भक्तपुरमा १८ करोड ६ लाख ८२ हजारमा १ वटा, ललितपुरमा २८ करोड ९० लाख १८ हजारमा २ वटा र काठमाडौंमा ३६ करोड १३ लाख ६४ हजारमा २ वटा आधारभूत अस्पताल निर्माण गरिने मन्त्रालयले जनाएको छ ।
सरकार जनताको स्वास्थ्यप्रति सचेत हुनु असाध्यै राम्रो हो । तर, एकैदिन, एउटै मोडलमा स्थापना भएका अस्पतालको निर्माणको गुणस्तर र तोकिएको समयमा हुन्छ कि हुँदैन भन्ने विषय मुख्य हो । अस्पताल निर्माणसँगै त्यसका लागि आवश्यक चिकित्सा सामग्री र प्राविधिक जनशक्ति तयार गर्ने विषयमा सरकार गम्भिर हुनुपर्छ । अन्यथा, अस्पताल भवन बन्ने तर, जनशक्तिको अभाव हुने अवस्थाको सिर्जना हुनसक्छ । यस विषयमा तत्काल सोच्न जरुरी छ ।