नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट नेतृत्वका सरकारलाई सच्याउनका लागि आफूहरु सडकमा आएको दावी गरेका छन् । ‘सरकारलाई सच्याउन र यो द्वन्द्व गर्ने बेला होइन भन्नलाई हामी सडकमा आएको हौं । जनता भोकले मर्दै गर्दा बालुवाटारमा सत्ताका लागि लडाईं भइरहेको छ ।’,
हेटौंडाको विरोध सभालाई सम्बोधन गर्दै उनले भोकले कोही मर्दैन भन्ने सरकार जनता कोरोनाको मारमा रहेको बेला सरकार सत्ताको जित र हारमा लागेको आरोप लगाए । प्रवक्ता शर्माले माओवादी र एमालेको एकता सैद्धान्तिक एकता नभएको टिप्पणी गरे । ‘केवल सत्ताका लागि भएको एकता थियो त्यो । जुन अहिले प्रष्ट भइसकेको छ ।’
शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका आरोप लगाए । ‘कम्युनिष्ट सरकारले कोरोना महामारीको समयमा कात्रोमा पनि भ्रष्टाचार ग¥यो ।’, उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुूमा गरिएको दुव्र्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको प्रष्ट भएको शर्माको टिप्पणी थियो । ‘कांग्रेस सरकारको बेला पनि कम्युनिष्ट नेताहरुले पुलको उद्घाटन गरेका थिए । उक्त नगरपालिकामा कांग्रेसले जितेको हो । विषय पुल र उद्– घाटनको मात्र हैन, नगरपालिकाले बोलाएर रामचन्द्र पौडेल जानुभयो थियो । किन उद्घाटन गर्न दिइएन ? किन दुव्यवहार भयो ?,’ उनले प्रश्न गरे ।