हेटौंडा/गाउँपालिकालाई बालमैत्री घोषणा गर्न भीमफेदीले अभियान थालेको छ । गाउँपालिकाले मंगलबारदेखि जनप्रतिनिधि, वडा सचिव, शिक्षकदेखि बाल क्लबहरुलाई सक्रिय बनाउन सुरु गरेको छ ।
गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानीय तह नीतिगत अबलम्बन घोषणा प्रोत्साहन कार्यक्रमअन्तर्गत् गाउँपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै सम्बन्धित सरोकारवालाहरुलाई सक्रिय बनाउने योजना अघि सारेको हो । भीमफेदीले करिब ५ महिनाभित्र गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने गरी कार्ययोजना बनाउने जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष पार्वती रानाले वडा अध्यक्ष, वडा सचिव, विद्यालयका शिक्षक, बाल क्लब, स्वयंसेविकालगायतका सरोकारवाला– हरुलाई बालमैत्री सम्बन्धी अभिमुखी– करण गरेर अभियान थालनी गरिने बताइन् । गाउँपालिकाले ३ वर्षको अवधिमा बालमैत्री घोषणा गर्न आवश्यक ३९ सूचकमध्ये करिब २५ वटा भन्दा बढी सूचक पूरा गरिसकेको दावी गरेको छ ।
गाउँपालिका कार्यालयको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा सुरु अभिमुखीकरणमा विष्णुप्रसाद चतुरवेदीले सहजीकरण गर्नेछन् । अध्यक्ष लामाले बाल– बालिकाको बाँच्च पाउने अधिकार, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चिता नै बालमैत्री भएको बताए । उनले भीमफेदीमा बालविवाह रोक्न समस्या भएको भन्दै अबका दिनमा कडाईका साथ जानुपर्ने धारणा राखे ।
‘बालमैत्री घोषणा गाउँपालिकाको महाअभियान हो । बालमैत्री घोषणापछि भीमफेदीको समृद्धि द्रुत गतिमा अघि बढ्छ । घोषणमा सबै निकाय गम्भिरताका साथ लाग्नु पर्छ ।’, लामाले भने । बालविवाह र बाल हिंसा पूर्ण रुपमा न्यूनिकरण भएपछि बालमैत्री घोषणाा गर्न उपयुक्त हुने धारणा लामाको छ । भीमफेदी गाउँपालिका स्वास्थ्य र शिक्षामा अगाडि भएपनि बाल सहभागितामा कमजोर भएको भन्दै यसलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बालमैत्री स्थानीय तह घोषणा गर्नु पहिलो उद्देश्य हो भने, बालमैत्री शासन प्रणाली स्थापना गर्नसक्नु मुख्य विषय भएको बताए । बालमैत्री स्थानीय तह घोषणा गर्न कठिनाई भएपनि सबै एकताबद्ध भएर लागे सहज हुने बताएका छन् । जर्वजस्ती बालमैत्री घोषणा गरेर नसकिने बताउँदै प्रशासकीय अधिकृत कुँवरले प्रत्येक सूचकहरु गम्भिरताका साथ कार्यान्वयन गर्न जरुरी भएको धारणा राखे ।