हेटौंडा/हेटौंडामा भएको प्रथप बिहानी ८ ‘ए’ साइड फूटबल प्रतियोगिताको उपाधि एडिएफसी फुटबल क्लब हेटौंडाले जितेको छ ।
वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएकोे खेलमा शिद्धबाबा युवा क्लब अमलेखगञ्ज लाई सडनदेथमा ४–५ गोलले पराजित गर्दै एडिएफसीले उपाधि जितेको हो । निर्धारित समयमा खेल एक÷एक गोलको बराबरीमा रोकिएको थियो । प्रतियोगिताको उपाधि विजेता एडिएफसीले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता शिद्धबाबाले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

बिर्सिंदै भूकम्प