हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव ल्याउने विकास विरोधी भएको आरोप लगाएका छन् ।
अविश्वासको प्रस्ताव ल्याउन खटिएका मकवानपुरका सांसद पनि विकास विरोधी भएको पौडेलले आरोप लगाए। हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘विकास विरोधीहरुले आफूमाथि सांसद सचिवालयमा अविश्वास प्रस्ताव पेश गरेका हुन्।’,
प्रदेश सरकारले विकासमा फड्को मारेको भन्दै मिसन र भिजन नभएको भन्दै आफुमाथि आफ्नै जिल्लाका सांसदले अविश्वास गरेको उनले बताए । ‘सरकारले सुरुङमार्ग, विद्युत बसको संचालनको तयारी, सडक चौडा गर्ने कार्य, हेटौंडा अस्पतालको स्तरउन्नती भएको अवस्था काम गर्न सकेनन् मुख्यमन्त्रीले भन्दै विकास विरोधी सांसदले आरोप लगाएका हुन् ।’, पौडेलले भने ।
यसैगरी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव सप्ताहव्यापी कार्यक्रम गर्दै बुधबार समापन गरेको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव
विरेन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको अतिथ्यता थियो ।
एसईइमा उत्कृष्ट हुने युनिस सुवेदी र कृतिमा ढकाल, असल बचतकर्ता उदयराज खनाल, असल मासिक बचतकर्ता सुमित्रा कुमारी पोखरेल, असल ऋणी दमयन्ती राई दाहाल, खुत्रुके बचतकर्ता रितिस्मा मगर, उत्कृष्ट बचता समुह एन्र्टाटिक विष्टुक कर्मचारी बचत कोष, स्वरोजगार सदस्य इन्दिरा पौडेल, टोल विकास संस्थामा धाप टोल विकास संस्था, शिवम् सिमेन्ट विक्रेताहरु र नियमित उपभोक्ता कन्ट्रक्टसनहरु, संस्थाका कर्मचारी, सिमेन्ट उद्योगहरुलाई सम्मान गरिएको थियो ।
४ करोड ७५ लाख ७८ हजार शेयरपुँजी रहेको सहकारीमा २१ करोड ७९ लाख १४ हजार बचत निक्षेप रहेको छ । संस्थाले असार मसान्त सम्म १ अर्ब १७ करोड ८८ लाख १६ हजार कारोबार गरेको छ । सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो ।