हेटौंडा/नेकपा बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको विषयमा प्रचण्ड–नेपाल सूमहले प्रदेशसभा सचिवालयलाई जानकारी गराउने भएको छ ।
पुस ९ गते पार्टी मुख्यालय पेरिसडा“डामा बसेको प्रचण्ड–नेपाल सूमहको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको भएपनि त्यसविषयमा प्रदेशसभा तथा मुख्यमन्त्री डोरमणि पौडेललाई जानकारी गराइएको थिएन ।
बुधबार बागमती प्रदेशको प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको र नेकपा संसदीय दलको नेताबाट मुख्यमन्त्री पौडेललाई हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी
गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेल र सचेतक बुद्धिमान माझीलाई कारबाही गर्दै पदमुक्त गरेपछि प्रचण्ड–नेपाल सूमहको बैठक बसेको हो । मुख्यमन्त्री पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३० जना प्रदेशसभा सदस्यहरुलाई २४ घण्टाभित्र जवाफ दिने गरी मंगलबार स्पष्टिकरण सोधेका थिए ।
‘अब मुख्यमन्त्री पौडेल हाम्रो संसदीय दलको नेता होइन । मेरो पक्षमा बहुमत सदस्य रहेका छन् ।’, शाक्यले पेरिसडा“डामा बसेको बैठकले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतले सोधेको प्रश्नको जवाफ नदिन समेत सांसदहरुलाई आग्रह गरेको बताइन् । ‘मुख्यमन्त्री अब संसदीय दलका नेता होइनन् । उनीस“ग स्पष्टिकरण सोध्ने अधिकार पनि छैन । त्यसकारण यस विषयमा जवाफ दिनुपर्दैन भनेर हामीले निर्णय गरेका छौं ।’, उनले दलको उपनेता र सचेतकलाई कारबाही गर्ने अधिकार पनि मुख्यमन्त्री पौडेलसँग नरहेको दाबी गरिन् ।
दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बागमती प्रदेशमा नेकपाको कुल ८० मत रहेको भएपनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री पौडलसँग ३४ र प्रचण्ड–नेपाल समूहसँग ४६ मत छ ।
मुख्यमन्त्री पौडेलले आफूलाई कारबाही गर्नै नसक्ने जीकिर नेकपा संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेलले गरेका छन् । मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट पदमुक्त गरेर प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्थामा आफूहरुलाई कारबाही गर्ने र स्पष्टिकरण सोध्ने अधिकार पौडेलसँग नरहेको दाबी जम्मकट्टेलको छ ।
‘४५ जना प्रदेशसभा सांसदको उपस्थितिमा पौडेललाई संसदीय दलको नेताबाट हटाइ– सकिएको छ । यस्तो अवस्थामा हामीलाई कारबाही गर्नुको कुनै तुक हुँदैन ।’, जम्मकट्टेलले भने ।