हेटौंडा/चलचित्र र कलाकारलाई लोकप्रियताको शिखरमा पु¥याउन पर्दा पछाडिको हिरो बनेका छन्, हेटौंडाका रेनिस फागो ।
हेटौंडाका रेनिस आफ्नो कलर ग्रेडिङ गर्ने कलाले कलाकारको कामदेखि सीधा चलचित्रलाई समेत उचाइमा पु¥याउने प्रतिभाशाली चलचित्र क्लरिष्टको अग्रपंक्तिमा पुगेका छन् । त्यसकारण पनि उनलाई पछिल्लो समय पर्दा पछाडिको हिरोको उपनाम दिने गरिएको छ । नेपाली चलचित्रलाई मोडर्न टेक्नोलोजीको सहायताले पर्दामा सुन्दर देखाउन सिपालु चलचित्र क्लरिष्टका रुपमा ग्ल्यामर उद्योगमा उदाएका रेनिस अहिले चर्चाको
शिखरमा छन् ।
इलाममा जन्मिएका रेनिस आफ्नो बुबाको जागिरका क्रममा बसाईसराई गरि ८ वर्षको उमेरमा हेटौडा आएका थिए । नेपाली चलचित्र क्षेत्रमा आफुलाई अब्बल कलरिष्टका रुपमा स्थापित गर्दै उनको हेटौडाको नाम उच्च बनाउन एउटा इट्टा थप्ने योगदान गरेका छन् । पाँच दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका रेनिसले नेपाली चलचित्र क्षेत्रमा कलर ग्रेडिङको नयाँ शैली भिœयाएर निर्माता निर्देशकको वाहवाही मात्र बटुलेका छैनन्, तीनलाई कलर ग्रेडिङको पक्षबाट सम्पन्न बनाइ फिल्मको व्यापार बृद्धिमा भूमिका आएका छन् ।
नेपालमै अहिले व्यावसायिक रुपमा यो काम गर्ने क्लरिष्टमध्ये रेनिस सबैभन्दा व्यस्त छन् । उनको व्यस्तताले गर्दा, निर्देशक निर्माताहरु उनीसँग काम गर्न महिनौ दिन पनि कुर्न तयार हुन्छन् । उनी कलर ग्रेडिङ कलाबाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल चलचित्र क्लरिष्ट बनेका छन् ।
चलचित्र क्षेत्रमा काम गरेर आफ्नो विशेष कार्य क्षमता प्रदर्शन गदै दर्जनौं फिल्मकर्मीको रुचाइएका फिल्म क्लरिष्ट बनेका उनी परम्परागत नेपाली फिल्मलाई मोडर्न टचसहित पस्कन खप्पिस कहलिएका छन् । आपूmलाई महंगा फिल्म क्लरिष्टका रुपमा उभ्याउन समेत उनी सफल भएका छन् ।
परम्परागत नेपाली फिल्मलाई बलिउड र हलिउडको फ्लेवरमा कलर ग्रेडिङ गर्न माहिर रेनिसले क्लरिष्टका रुपमा काम गरेको दर्जनौं चलचित्रले व्यापारिक सफलता पाउनुका साथै सिनेमा बजारमा नयाँ रेकर्ड कायम गरेको छ । रेनिसले काम गरेका चलचित्र काली, प्रेमगीत, कोहिनूर, प्रेमगीत–२, कान्छी, मेला, डमरुको डण्डीबियो, छिरिङ, समरलभ, यात्रालगायतका दजनौं चलचित्र सुपरहिट भएका छन् । चलचित्रले ५१ दिनको रेकर्डसमेत राख्न सफल भएको उनको दाबी छ ।