हेटौंडा/प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले जीत कायम राखेको छ । मकवानपुरले प्रतियोगितामा लगातार दुई पटक जीत हात पार्दै सफलता कायम राखेको हो । आफ्नो पहिलो खेलमा नुवाकोटलाई हराएको मकवानपुरले शनिबार भएको दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजीत गर्दै लगातार दोस्रो जीत निकालेको हो ।
छनोट अन्तगर्त शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जीतेर भक्तपुरले ब्याटिङ् रोजेको थियो । भक्तपुरले ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन बनाउन सफल भयो । भक्तपुरलाई सस्तैमा समेट्नको लागि मकवानपुरको तर्फबाट रिजन ढकालले ३ विकेट लिए भने पियुश शर्मा÷विशाल फुयाँलले समान २–२ विकेट र अशिम श्रेष्ठले १ विकेट लिए ।
१ सय ३७ रनको लक्ष्य पाएको मकवानपुरले २७ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । मकवानपुरको लागि तक्षक सिम्खडाले अविजीत रही ६४ रन बनाए भने शुभ कंसाकार र विशाल फुयाँलले समान २२÷२२ रनको योगदान दिए । अब मकवानपुरले मुलपानि क्रिकेट मैदानमा सोमबार काठमाडौंको सामना गर्ने प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।