स्थानीय तहको चुनाव भएको करिब चारवर्ष हुन लाग्यो । यसअवधिमा गाउँपालिकाले आफूअनुकुल नीति तथा कार्यक्रमहरु निर्माण गरिसकेका छन् । गाउँपालिकाले आफ्नो दीर्घकालिन योजना र विकास निर्माणको काम तय गरेका छन् । अब क्रमशः त्यस योजनाहरुलाई क्रमागत, बहुवर्षे तथा सीमित अवधि तोकेर बजेट विनियोज गर्दै स्थानीय तहहरु अगाडि बढिरहेका छन् । सोही क्रममा गाउँपालिकाहरुले अहिले सवैभन्दा बढी महत्वपूर्ण योजनहरुलाई तीब्ररुपमा काम अगाडि बढाइरहेको छन् । सोही क्रममा कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै आएको मकवानपुरगढी गाउँपालिकाले कृषिजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरेको छ । पशुपालक कृषकलाई सहुलियत दरमा दाना उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढीले पशु दाना उद्योग खोलेको हो । कुखुरा र पशुका लागि दाना अब गाउँबाटै उत्पादन हुने भएको छ । मकवानपुरगढी–३ स्थित तल्लो कालिखोलामा पशु दाना उद्योग स्थापना गरिएको छ । उद्योग स्थापना गरिएपनि सञ्चालनमा भने आएको छैन् ।
गाउँपालिकाले २ वर्ष अघिदेखि उद्योग निर्माण गरिरहेको थियो । गत आर्थिक वर्ष २०७६÷०७७ मै सञ्चालन भइसक्नु पर्ने उद्योग आगामी वैशाखदेखि पूर्ण रुपमा सञ्चालन हुने गाउँपालिकाको दावी छ । गाउँपालिकाको सहयोगमा मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघले उद्योग स्थापना गरेको हो । संघले उद्योगमा आधुनिक मेसिन जडान गरेको छ । आगामी माघभित्र उद्योगले परीक्षण उत्पादन गर्ने संघले जनाएको छ । उद्योगमा हालसम्म २ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।उद्योगमा १० जनाले
रोजगारी पाउने जनाइएको छ । गाउँमै दाना उद्योग स्थापना गर्ने मकवानपुरगढी जिल्लाकै एकमात्र स्थानीय तह हो । उद्योगले गाउँपालिकाभित्र मात्र नभई जिल्लाकै कृषकलाई दाना उपलब्ध गराउने छ । उद्योगका लागि संघीय सरकारले एकरोड, गाउँपालिकाले ५३ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा उद्योगका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । गाउँपालिकाभरका दुग्ध उत्पादक, बचत तथा ऋण र उहुद्देश्यीय सहकारीहरुले पशु दाना उद्योगमा कुल ८० लाख रुपैयाँ लागानी
गरेका छन् । उद्योगमा प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷ ०७७ मा ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । अब उद्योग पूर्ण रुपमा सञ्चालनका लागि पानी र विद्युत व्यवस्था हुन बाँकी छ । उद्योगमा मेसिन जडानको कार्य सकिएको र अब विद्युत विस्तारको काम भइसकेको छ ।
स्थानीय तहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर यसैगरी सवैको अपन्त्व हुने गरी सहकार्यमा आधारित भएर कामहरु गर्नु नै अहिलेको आवश्यकता हो । स्थानीय तह आफैमा सरकार भएका
कारण सोही अनुसारको नीति निर्माण र नागरिकको आवश्यकता अनुसार विकास गर्नु अहिलेको प्रमुख आवश्यकता हो । कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीमूलक योजनाहरुमा सवै वर्ग र क्षेत्रको अपन्त्व गर्ने गरी काम गरेको खण्डमा पक्कै पनि जनप्रतिनिधिको लोकप्रियता पनि पक्कै बढ्नेछ ।