हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको ७ महिनापछि शिलान्यास गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ६ डुम्रेकुनामा १५ शøयाको अस्पताल निर्माणका लागि शनिवार शिलान्यास गरिएको छ । नेकपा केन्द्रीय सदस्य, पार्टी मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले अस्पताल शिलान्यास गरेका हुन् । तीनवर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी गाउँपालिकाले ६ करोड ५७ लाख लागतमा अस्पताल निर्माणको थालनी गरेको छ ।
अस्पताल निर्माणको ठेक्का सुन्दर नेपाल÷ओमसाई जेभीसँग गाउँपालिकाले गत असारमै ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै ६ महिनासम्म काम अगाडि बढाएको थिएन् । निर्माण कम्पनीले मंसिर दोस्रो हप्तादेखि अस्पताल निर्माणको लागि जग्गा सम्याउने काम सुरु गरेको थियो । अस्पताल ३ तलाको निर्माण हुने गाउँपालिकाले जानकारी दिएको छ ।
मकवानपुरगढी १५ शøया अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने मकवानपुरको पहिलो स्थानीय तह हो । अस्पतालका लागि स्थानीय बुद्धबहादुर स्याङ्तान र वीरबहादुर लुङ्बाले करिब डेढ करोड मूल्य पर्ने ९ रोपनी जग्गा दान गरेका थिए । अस्पताल शिलान्यास गर्दै खतिवडाले स्वास्थ्यको संवैधानिक हक पूरा गर्नका लागि आफूहरुले राज्यलाई झकझाकाउने काम गरिरहेको बताए ।
गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले अस्पताल निर्माण भएपछि गाउँबासी लाभान्वित हुने बताए । ‘अस्पताल निर्माणपछि गाउँपालिकाबासीका अलावा मकवानपुर जिल्लाका अन्य क्षेत्रका नागरिकले उपचार तथा स्वास्थ्य सेवा लिनसक्ने अपेक्षा लिएका
छौं ।’ अध्यक्ष हुमागाईंले भने, ‘ गाउँमै अस्पताल निर्माण सुरु गरेर पालिकाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न हामीहरु लागिपरेका हौं ।’ स्थानीय तह भनेको घरदैलोकै सरकार भएकाले नागरिकलाई गाउँमै स्वास्थ्यमा पहुँच पु¥याउँने आफूहरु योजना बमोजिम अस्पाल निर्माण सुरु गरिएको हुमागाईंले बताए ।
सडक पूर्वाधार र गाउँमै उपयुक्त उपचार नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म ल्याउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउने गरेको दुःखद् घटना छन् । अब गाउँपालिका बासीले उपचारकै अभावमा ज्यान गुमाउनु नपर्ने गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले बताए ।