हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा गाँजा र अफिम खेती फडानी गरेको छ ।
राक्सिराङमा ५० बिगाह लागूऔषध गाँजा र ५ बिगहा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले गाँजा र अफिम फडानी गरिएको हो ।
प्रहरीले २४ र २५ पुसमा राक्सिराङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, वडा नम्बर ३ को गोठरी, भाटीबेसी र ५ नम्बर वडाको पंजनीमा गरी ५० बिगहा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र अफिम फडानी गरेपछि केही समयअघि
राक्सिराङ गाउँपालिकाले आपत्ति जनाएको थियो ।