हेटौंडा/भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बागमती प्रदेशलाई पनि उपलब्ध गराइएको छ । कोभिसिल्ड नामक कोरोनाको खोप आइतबार राती हेटौंडास्थित बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुुगेको हो । केन्द्रले प्राप्त गरेको ७ हजार ६ सय भाइल अर्थात ७६ हजार डोज खोप सोमबारबाटै जिल्लामा वितरण सुरु गरेको छ ।
केन्द्रले बागमती प्रदेशका १३ मध्ये ३ र प्रदेश २ को ६ वटा जिल्लामा खोप वितरण गर्ने कार्यालय प्रमुख बसन्त अधिकारीले बताए । उनका अनुसार केन्द्रबाट बागमतीको मकवानपुर, चितवन, सिन्धुली र प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा वितरण हुनेछ । केन्द्रले सोमबार चितवन, सिन्धुली, महोत्तरी र धनुषाको जिल्ला स्वास्थ्य कार्यालयमा खोप पु¥याइ– सकेको अधिकारीले जानकारी दिए ।
‘केन्द्रले जिल्लामा पठाएको खोप स्वास्थ्य कार्यालयले आफ्नो स्टोरमा सुरक्षित साथ राख्ने र तोकिएको मितिमा खोप लगाउने छ ।’ उनले भने ‘मंगलबार सबै जिल्लामा खोप पुगिसकेको छ ।’ केन्द्रले मंगलबार मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीलाई खोप उपलब्ध गराइएको छ । केन्द्रका अनुसार मकवानपुरमा ४ सय १८, सिन्धुलीमा २ सय ९९, चितवनमा ८ सय ५७, बारामा ५ सय ३२, पर्सामा १ हजार १ सय ४, रौतहटमा ८ सय १, सर्लाहीमा १ हजार ५९, महोत्तरीमा ४ सय ६ र धनुषामा २ हजार ३ भाइल खोप पठाइनेछ । संघीय सरकारको नीति अनुसार उपलब्ध गराइएको खोप स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई केन्द्रले जनाएको छ ।