हेटौंडा/हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७७ को फाइनलमा आयोजक र सेन्ट्रल कलेल वीएफसी भरतपुर भिड्ने भएका छन् ।
हेटौंडाको वनविज्ञान मैदान बधुबार भएको प्रतियोगिताको पहिलो संस्करणको दोस्रो सेमिफाइनलमा आयोजक विजय युथ क्लबले वाग्मती युथ क्बल सर्लाहीको चुनौती ५–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधिका लागि फाइनलमा भिडन्त पक्का गरेको हो । भरतपुर पहिलो सेमिफाइनलमा हर्दी युवा समाज चितवन राप्तीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।
एकपक्षीय खेलमा विजय युथको तर्फबाट विमल रानाले दुई, सन्त गुरुङ, हिसुव थपलिया र रुपेश केसीले एक÷एक गोल गरेका
थिए । पराजित सर्लाहीका लागि एक मात्र सान्त्वना गोल फोफनाले गरेका थिए । विजय युथको तर्फबाट विमल रानाले ५, ४३ औं मिनेटमा, सन्त गुरुङले ३७, हिसव थपलियाले ५८, रुपेश केसी ८८ औं मिनेटमा फ्रिक्किमार्फत् सुन्दर गोल गरेका थिए । सर्लाहीका लागि विदेशी खेलाडी फोफनाले ६७ औं मिनेटमा प्राप्त पेनाल्टिको सदुपयोग गर्दै गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच विजयी टोलीका लागि दुई गोल गरेका विमल राना घोषित भए । उनले नगद पाूच हजार रुपैया“ प्राप्त गरे । ए डिभिजन लिगको अनुभवी बटुुलिसकेको र तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः तीन र एकलाख ५० हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता नकाउटको आधारमा सञ्चालन गरिएको थियो । आयोजकले वर्षेनी प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । माघको अन्तिम हप्ताबाट प्रतियोगिता सञ्चालन गर्ने भनेपनि प्राविधिक कारणले अगाडि सारिएको प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।