हेटौंडा/रेडियो मकवानपुर कप (मिडियास्तरीय) फुटसल प्रतियोगिताको उपाधि स्थानीय टिम टिभीले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा रेडियो सन्देशलाई टाइब्रेकरमा हराउँदै टिमले उपाधि कब्जा गरेको हो । निर्धारित समय २–२ को बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा टिम टिभी ३–२ गोल अन्तरले विजयी भएको हो । खेलमा टिम टिभीका तर्फबाट मनिष खड्काले र रेडियो सन्देशको तर्फबाट विपुल भण्डारीले दुई÷दुई गोल गरेका हुन् ।
विजेता टिभीले ट्रफीसहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा मकवानपुरका ६ मिडियाले सहभागिता जनाएका थिए । रेडियो मकवानपुरको ११ औं बार्षिक उत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तगर्त फुटसल प्रतियोगिताको आयोजना भएको हो । विजेता टिमलाई सप्ताहव्यापी कार्यक्रमको समापन तथा सम्मान कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।