हेटौंडा/प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आज शनिबार देशभर नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।
कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार आयोजना गरिने विरोध प्रदर्शन हेटौंडामा पनि हुने भएको छ । शुक्रबार कांग्रेस जिल्ला समिति मकवानपुुरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुभेच्छुक संस्थाहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नाराबाजी, ¥यालीसहित विरोध प्रदर्शन गर्ने जानकारी दिएको छ ।
कांग्रेस जिल्ला प्रवक्ता प्रदीप कोइरालाका अनुसार शुभेच्छुक संस्थाहरुले सरकारविरुद्ध नाराबाजीसँगै हेटौंडाको मानस चोक, उद्योग वाणिज्य संघ चोकहुँदै बुद्ध चोकसम्म ¥याली निकालेर कोणसभा गर्दै विरोध प्रर्दशन गर्ने तय भएको छ ।
कोइरालाले शुभेच्छुक संस्थाको सक्रिय सहभागीता रहने र संस्थाका जिल्ला सभापतिहरु र पार्टी उपसभापति विष्णुप्रसाद लामिछाने लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिए ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रेस युनियनका निर्वतमान अध्यक्ष रुपेश दुलाललगायतको उपस्थिति रहेको थियो।