अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको काम प्रभावकारी बन्दै गएको पाइएको छ । अख्तियारको काम
कारबाहिप्रति जनविश्वास पनि बढ्दै गएको तथ्याड्ढले देखाएको छ । यसमा विभिन्न सार्वजनिक निकायमा हुने अनियमितताको निष्पक्ष छानबिनका लागि उजुरी दिने बढ्दै गएको देखिन्छ । यो असााध्यै खुशीको विषय हो । तर, ठूलो माछालाई नसमातेर सानो माछालाई मात्र समात्दै जाने प्रवृत्ति बढेको आरोप चिर्दै आयोग अगाडि बढ्नु अहिलेको आवश्यकता हो । यसो हुन सकेको खण्डमा पक्कै पनि अख्तियारप्रति थप जनविश्वास बढ्दै जाने निश्चित छ । चालु आर्थिक वर्ष २०७७÷०७८ ६ महिना अवधिमा अख्तियारको हेटौंडास्थित कार्यालयमा परेका ७ सय उजुरीमध्ये १ सय ७७ उजुरी फछ्र्यौट भएको छ ।
५ सय २३ उजुरी फछ्र्यौट हुन बाँकी रहेको तथ्याड्ढमा उल्लेख छ । कार्यालयमा परेका सबैभन्दा बढी बाराबाट दर्ता गरिएको छ । बाराबाट दर्ता भएका २ सय २२ उजुरीमध्ये ५९ वटा उजुरी फछ्र्यौट भइसकेको छ । पर्साबाट दर्ता गरिएका १ सय ४३ उजुरी परेकामध्ये ३७ वटा उजुरी फछ््र्यौट भएको अख्तियारले जनाएको छ । मकवानपुरको १ सय ७४ मध्ये ४३ वटा फछ्र्यौट, चितवनबाट परेका ७५ मध्ये २२ वटा फछ्र्यौट र धादिङबाट परेका २४ वटा उजुरीमध्ये ६ वटा फछ्र्याैट भइसकेको कार्यालयले जनाएको छ । रामेछापको २२ वटा उजुरीमध्ये एकमात्र फछ्र्यौट, दोलखाको १७ उजुरीमध्ये ४ वटा मात्र फछ्र्यौट भएको, सिन्धुपाल्चोक जिल्लाको ७ उजुरीमध्ये ३ वटा फछ्र्यौट, काभ्रेपलाञ्चोकको ७ उजुरीमध्ये सबै फछ्र्यौट हुन बाँकी रहेको, नुवाकोटको चार उजुरीमध्ये एउटा फछ्र्यौट भएको र रसुवा जिल्लाको दुई उजुरीमध्ये सबै फछ्र्यौट हुन बाँकी रहेको छ । कार्य क्षेत्रबाहिर रहेको भक्तपुर र धनुषा जिल्लाको एक÷एक उजुरी फछ््र्यौट गर्न बाँकी रहेको बताइएको छ । आयोगमा दर्ता भएको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ६ वटा उजुरी र बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पाँच उजुरीमध्ये दुईवटा उजुरी फछ्र्यौट भएको, उद्योग पर्यटन मन्त्रालयको २७ उजुरी रहेकामध्ये चारवटा फछ्र्यौट र मुख्यमन्त्री कार्यालय अन्तर्गतको एउटा उजुरी परेकामा फछ्र्यौट गर्न बाँकी रहेको तथ्याड्ढमा उल्लेख छ ।
कार्यालयले हालसम्म दुई वटा स्टिङ अपरेसन गरी रंगेहात घुससहित पक्राउ गरेको छ भने गत आर्थिक वर्षमा २० वटा स्टिङ अपरेसन गरेको थियो । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरीको आचारण तथा छवि सुधार्नका लागि स्टिङ अपरेसन चलाएको छ । जस अन्तर्गत प्रहरी निरीक्षकदेखि प्रहरी जवानसमेत कारबाहीमा परेका
छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति जनविश्वास बढाउनका लागि यसले हरेक क्षेत्रमा भइरहेको भ्रष्टाचारको छानविन निष्पक्षरुपमा गर्न जरुरी रहेको छ । अन्यथा अख्तियारको घट्दो साख जोगाउनु अहिलेको मुख्य चुनौती कायमै रहनेछ ।