बागमती प्रदेश सरकार गठन भएको तीनवर्ष आज पुग्दैछ । यसअवधिमा प्रदेश सरकारले चारवटा बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ । जनताले प्रत्यक्ष महसुस हुने गरी काम गर्न नसकेपछि प्रदेश सरकारले आफूलाई आवश्यक कानुन तथा संरचनाहरु क्रमशः निर्माण प्रक्रिया भने अगाडि बढेकोछ । शुन्यबाट सुरु भएको प्रदेश सरकारले कानुन निर्माण गरे प्रदेशको स्थायी
राजधानी र नामाकरणमै दुई वर्षको समय गुजारेको थियो । प्रदेशको स्थायी राजधानी र नामाकरणस“गै विकासको काम तीब्ररुपमा अगाडि बढाउनुपर्ने समयमा कोभिडको कारण प्रदेश सरकारले सोचेअनुसार काम गर्न सकेन । कोभिडबाट संसारको अर्थतन्त्र धरापमा परेको समयमा प्रदेश सरकार त्यसबाट अछुतो रहेन ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवर्ष अघि आफ्नो कार्यभार सम्हाल्दै भनेको थिए, ‘हामीले जे भन्छौं त्यो गर्छौं । अब अनुत्पादक काम गरेर फाइदा छैन । परिणाममुखी काम गर्दै पारदर्शी भएर विकासका लागि काम गर्नु पर्छ ।’ आज तीन वर्ष पूरा ह“ुदा पनि उनको यो भनाईमा परिवर्तन आएको छैन। प्रदेश सरकार सुविधाजनक दुई तिहाईभन्दा बढी मतबाट अहिले अल्पमतमा परेको छ । सत्तारुढ नेकपा फुटको अवस्थामा पुगेस“गै देशकै पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको वाग्मती प्रदेश सरकार अहिले अविश्वासको प्रस्तावको समाना गरिरहेको छ । आफ्नै पार्टीको अर्को समूहका ४५ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्रीको पक्षमा अहिले ३५ सांसद रहेको सरकार टिकाउन अझै २१ मत मुख्यमन्त्री पौडेललाई आवश्यक छ ।
स्थापनाको तीन वर्ष भित्रमा आइपुग्दा जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रदेश सरकारले आफैले निर्धारण गरेको कानुन समेत बनाउन नसकेको छैन । वित्तिय संघीयता कार्यान्वन कार्यान्वयनमा पनि प्रदेश सरकार कमजोर देखिएको छ । वर्षेनी विकास खर्च घट्दो अवस्थामा रहेको छ भने प्रदेश गौरवको आयोजनाको रुपमा रहेका योजनाहरु अगाडि बढाउन सकेको छैन । प्रदेशको स्थायी राजधानी तोकिएपछि मुख्यमन्त्री पौडेलले एक वर्ष भित्र सबै मन्त्रालय, प्रदेशसभा र प्रदेश सरकारका अन्य महत्वपूर्ण निकायहरुको भवन बनिसक्ने आश्वासन दिएका थिए । तर राजधानी तोकिएको १ वर्ष वितिकस्दा बल्ल प्रदेशसभाको भवन निर्माणको काम सुरु भएको छ । मन्त्रालय तथा विभागहरु एवम् गठन आदेशका आधारमा गठित कार्यालयहरुका लागि भवन निर्माणको लागि प्रदेश सरकार अझै पनि जग्गा कै खोजीमा छ । प्रदेश सरकार सुरु हुूदा हेटौंडाका विभिन्न सरकारी कार्यालयका भवनहरु प्रयोगमा ल्याइएको थियो ।