हेटौंडा/हेटौंडामा तीन दिनसम्म भएको तेस्रो राष्ट्रिय बेटी सम्मेलनले आभाशा राष्ट्रिय अभियान–२०१२ को प्रदेश कमिटी निर्माण गरेको छ ।
सम्मेलन आयोजक आभाशा राष्ट्रिय अभियानको प्रदेश कमिटी मिरा स्याङ्तानको अध्यक्षतामा २१ सदस्यीय निर्माण गरिएको हो । आसन, भाषण र शासनमा महिला (आभाशा) राष्ट्रिय अभियानको महासचिवमा रेनुका काफ्ले, सचिवमा शर्मिला माया मोक्तान, प्रवक्तामा शक्ति शिवाकोटी, व्यवस्थापकमा डोल्मा स्याङ्बो, प्राविधिक सदस्यमा अमृता थामा मगर, सुमिरा थिङ र बिमिरा श्रेष्ठ चयन भएका छन् ।
अभियानको सदस्यमा मिना बल, शान्ति वाइवा, रश्मी थिङ, मुना पाठक, सृजना नेपाल,
रेजिना माझी, मिना श्रेष्ठ, टिका पौडेल, सृजना अर्याल र मानवी बानियाँ चयन भएका हुन् । अभियानको बैठकले थप ३ जना सदस्यलाई मनोनित गर्ने जनाइएको छ । राष्ट्रिय बेटी सम्मेलन बिहीवार समापन गरिएको छ । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा अभियानकी केन्द्रीय संयोजक नजबुल खान (निलम)को सभाध्यक्षतामा समापन कार्यक्रम गरिएको थियो ।