हेटौंडा/मकवानपुरगढी गाउँपालिकाकाको बालमैत्री घोषणा अभियानमा रेडियो थाहाले सहकार्य गर्दै साइकल ¥याली आयोजना गरेको छ ।
बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम शनिबार साइकल ¥याली गर्दै सुरुवात गरेको हो । मकवानपुरगढी गाँउपालिकाको बालमैत्री स्थानीय शासन नितिगत अवलम्वन तथा घोषणा अभियानमा सहकार्य गर्दै साइकल ¥याली गरिएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए । रेडियोको प्राङ्गण बाट सुरु ¥याली सामरी पुल, सिमलटार हुँदै ६ नम्बर वडाको डुम्रेकुनामा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।
गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाईंले भौतिक विकाससँगै अब सामाजिक विकास गरिनुपर्ने भन्दै गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानमा जुटेको बताए । दीगो विकासका लागि भौतिक विकास भन्दा सामाजिक विकास अन्तर्गत बालमैत्री स्थानीय शासन अवलम्बन गर्न सके सबै क्षेत्रको विकास हुने उनको भनाइ छ । अभिभावकले बालबालिकामा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउँदै उनले गढीको विकासमा कृषि र पर्यटन जोडिएको अवस्थामा पर्यटकीय महत्व बोकेको स्थानलाई वृद्धि विकास गरिने पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि केन्द्रका संयोजक अरुणराज सुमार्गीले मकवानपुरगढी कृषि र दुग्ध उत्पादन क्षेत्रसहित प्रचुर पर्यटन क्षेत्र भएको बताए । सामूहिक खेती प्रणाली र यान्त्रिकीकरण प्रविधि प्रयोग गरी बढी उत्पादन गर्ने गरी व्यवसायिक खेती गरिनुपर्ने सुमार्गीले बताए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल, गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारलगायतले गाउँपलिकाको बालमैत्री अभियान र कृषि पर्यटनका विषयमा आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे, रेडियोका सञ्चालक अंकिता सुमार्गी, बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दहाल, सानिमा लाइफ ईन्स्योरेन्सका प्रमुख अजय फुयाँल, गाउँपालिकाका रोजगार कार्यक्रम संयोजक कविराज हुमागाईं, टोल विकासका अध्यक्ष, विद्यालयका अध्यक्ष, हेटौंडा राइडर्स क्लबका साइकल राइडर्सहरु लगायतको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रमको दोस्रो दिन २ फागुनमा रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक कार्यक्रम, ३ फागुनमा बुद्धचोक हेटौडामा रक्तदान, ४ गते मनहरी गाउँपालिका–४ मसिने गोलघरमा व्यवसायिक माछा पालनको प्रवद्र्धनमा गाउँपालिकाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम, ५ फागुनमा सवारी दुर्घटना न्यूनीकरण, कानुनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगीता, ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपुर्ण फुटबल हुनेछ । कार्यक्रमको समापज ७ फागुनमा थाहा सम्मान तथा साहित्य सम्मेलन गरिने जनाइएको छ ।