हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको गोरक्षश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्रराज बानियाँ चुनिएका छन् ।
हेटौंडा–१८ फुर्केचौरमा रहेको विद्यालयको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा चुनेको हो । बानियाँ अध्यक्ष चुनिएको यो तेस्रो पटक हो । भेलाले समिति सदस्यमा अभिभावकबाट अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी, संस्थापक सदस्यबाट ज्ञानु चौलागाईं, वडा प्रतिनिधि सदस्यमा १८ नम्ब वडाका वडा सदस्य विश्वनाथ ढुंगाना, शिक्षक प्रतिनिधि सदस्य मिना श्रेष्ठ र प्रधानाध्यापक योगराज खतिवडा चुनिएको जनाइएको छ ।
भेलाको अबसरमा आइतबार नवनिर्मित १० कोठाको विद्यालय भवन पनि उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नयाँ भवनको उद्घाटन गरेका छन् । जापान सहयोग नियोग (जाइकाको) ऋण सहयोगमा २ तले विद्यालय भवन निर्माण
गरिएको अध्यक्ष बानियाँले जानकारी दिए ।
कार्यक्रममा १८ नम्बका वडा अध्यक्ष अनिलकुमार बानियाँ, कांग्रेस वडा सभापति राजेन्द्रराज बानियाँ, युवा समाजसेवी किरण थापा, विद्यालयका संस्थापक सदस्य रोशन थापालगायतको आतिथ्यता रहेको थियो ।