हेटौंडा/हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माण चालु आव २०७७÷०७८ भित्रै सम्पन्न गर्ने योजना बनाइएको छ ।
सडक निर्माण सुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमिमध्ये १५ किमि कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमि सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति लोकपथ सडक योजनाले जनाएको छ ।
त्यसबाहेक १० किमि सडक चालु आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले जानकारी दिए । उनले भने, ‘अहिले चालु ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।’ पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमि सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताए ।
नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उन जानकारी दिए । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्रे गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्रे बाँकी राखेर अरु काम चालु आवभित्रै गरेर आवत– जावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उनले भने, ‘एक किमि कालोपत्रे गर्दा एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रित पु¥याएर छाडिनेछ ।’ विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ संग्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले छ महिना अवधि थपिएको योजनाले जनाएको छ । चालु आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए ।
कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भएपनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताए । चालु आवमा कालोपत्र गर्ने भनिएको १० किमि सडकमा नाली बनाउने, पर्खाल लगाउने लगायत आधारभूत काम भइरहेको छ । गत आवमा १५ किमि सडक कालोपत्र गर्ने लक्ष्य लिइएपनि साढे आठ किमि कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो ।
कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजनाले जनाएको छ । सडकको रेखांकनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइ जतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले जानकारी दिए । सडकको ट्¥याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।
साढे नौ मिटर चौडाइको सडकमा सात मिटर सडक तथा साढे दुई किमी नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै सो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या छ । पहिले सहायक सडक (फेदर रोड)का रुपमा रहेकामा सरकारले गत आवमा
राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१÷३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको सूचना अधिकारी रजकले बताए ।
अहिले तत्कालका लागि सडकको चौडाइ बढाउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिने उनले बताए । उनले भने, ‘अहिले निर्माणस्थल खाली गराउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिँदैछ ।’ गत वर्षसम्म ९० किमि लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किमि छ । राजमार्गको सुरु बिन्दु हेटौंडाको बुद्धचोक तथा अन्तिम बिन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरि–हरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छन् ।
निर्माण सुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२÷ ७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान)मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता वर्षेनी राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ । निर्माणाधीन सो राजमार्गलाई हेटांैडाबाट मुग्लिन हुँदै काठमाडौं सम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङहुँदै काठमाडौं आउने १ सय ३६ किमि सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।
राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ करिब एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटाँैडा तोकिएपछि पनि सो लोकमार्गको महत्व अझै बढेको छ । संघीय
राजधानीलाई तराई÷मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।