हेटौंडा/प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसलापछि हेटौंडाको मुख्य बजार बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट माथिको फैसला सुनाउँदै पुनस्र्थापना गरि– दिएको खुशीयालीमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन गरिएको हो ।
साँझ ७ बजे नेकपा प्रचण्ड नेपाल समुहले प्रतिनिधिसभा पुनस्र्थापना भएको खुशीयालीमा दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा नेकपा प्रचण्ड–नेपाल समूह मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीले नेतृत्व गरेका थिए । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेता कार्य कर्ताकोसहभागिता रहेको थियो ।