हेटौंडा/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपाको विवादमा कुन पक्षस“ग सहकार्य गर्ने भनेर तत्काल निर्णय नगर्ने महामन्त्री डा.शशांक कोइरालाले बताएका छन् ।
नेकपा विवादका
कारण देशमा सुरु भएको नया“ राजनीतिक समिकरणमा कांग्रेस निर्णायक अवस्थामा देखिएको बेला महामन्त्री डा. कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताएका छन् ।
हेटौंडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा नेकपाको ओली र दाहाल–नेपाल दुबैको पक्षमा नरहेको बताए । ‘अहिले कांग्रेस कुनै पनि पक्षमा छैन। अब सदन कसरी अगाडि बढ्छ त्यो हेर्न बा“की नै रहेकोे छ ।’, उनले कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्ने बताए ।
उनले विश्वबाट पलायन भइसकेका कम्युनिष्ट नेपालमा नेपाली कांग्रेसकै साहारामा अस्तित्वमा आएको समेत दावी गरे । ‘हामीले २०४६ सालबाट कम्युनिष्टस“ग सहकार्य गरेर अहिलेसम्मको यात्रा तय गरेका हौं ।’, कोइरालाले भने ।
कोइरालाले अबको ध्यान कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । तोकिएको समयमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन हुनुपर्नेमा उनको जोड थियो । ‘पार्टी सुदृढ बनाएर महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’, उनले भने ।