हेटौंडा/रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुई जनालाई दिदै आएको सामुदायिक सम्मान यस वर्षपनि निरन्तरता दिएको छ ।
रेडियो मकवानपुरले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा सामुदायिक क्षेत्रमा काम गर्ने हेटौंडा–५ मा रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र हेटौंडा–११ मा रहेको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई कदरपत्र र नगद १० हजारसहित सम्मान गरेको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको ३३ औं वार्षिकोत्सव र सहकारीबाट सञ्चालित रेडियो मकवानपुरको ११ औ वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रम मार्फत घिमिरे र पराजुलीलाई सामुदायिक सम्मान प्रदान गरेको हो । शनिबार आयोजित बार्षिकोत्सव समापन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला, सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्यक्ष डिना र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले संयुक्त रुपमा घिमिरे र पराजुलीलाई सम्मान गरेका हुन् ।त्यसैगरी रेडियोका स्थापनाकालदेखि स्टेशन म्यानेजर पदमा रही काम गरेका ४ जना पूर्वस्टेशन म्यानेजर, रेडियोको उत्कृष्ट १ जना कर्मचारी, रेडियो र सहकारीलाई सहयोग गर्ने संघसंस्था, सहकारीको संस्थापक शेयर सदस्यलाई सम्मान गरिएको थियो । रेडियो र सहकारीको वार्षिकोत्सव समारोहमा आयोजना गरेको खेलकुद र विभिन्न कार्यक्रममा विजयी हुने खेलाडी तथा प्रतियोगितालाई पुर– स्कारसमेत वितरण गरिएको थियो ।