हेटौंडा/बागमती प्रदेशको मुकाम हेटौंडामा बिहीवारदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भलिबल प्रतियोगिता सुरु भएको हो । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गरेका छन् । खेलकुदका पूर्वाधार निर्माण र खेलकुद प्रतियोगिताका लागि उपमहानगरले सहयोग गरेको नगर प्रमुख महतले बताए । हेटौंडा–४ हुप्रचौरमा भएको प्रतियोगिता आगामी २२ फागुनसम्म हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा– १९ का वडा अध्यक्ष नरनाथ सुवेदीलगायतकाको आतिथ्यता थियो ।