– अमेरिकामा जीपी फाउण्डेशनको अवस्थाको कस्तो छ ? यहाँहरुले विदेशी भूमिका फाउण्डेशनको तर्फबाट कस्तो भूमिका निर्वाह गर्नु भएको छ ?
म सात वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएको छु । हामीले त्यहाँ जीपी फाउण्डेशनको अमेरिका च्याप्टरलाई सक्दो क्रियाशील बनाएका छौं । त्यति मात्र होइन, फाउण्डेशनले न्यूयोर्कको सामाजिक कार्यमा उल्लेख्नीय भूमिका निर्वाह गर्दै आएको छ ।
२ वर्षअघि मात्र अमेरिकामा फाउण्डेशन स्थापना गरिएकोले सांगठनिक रुपमा संस्थागत रुप दिएपनि संख्यात्मक हिसाबमा धेरै छैनन् त्यसकारण पनि हामीले चाहेजस्तो भूमिका निर्वाह गर्न सकेका छैनौं ।
तर, कोरोना महामारी र लकडाउन अवधिमा हामीले हरेक क्षेत्र, वर्ग समुदायका लागि खाद्यान्नलगायतका सामाग्री सहयोग गर्न अहोरात्र खट्यौं ।
– कोरोना संकटमा अमेरिकामा रहेर तपाईंसँगै फाउण्डेशनले कस्ता–कस्ता काम ग¥यौं, कसरी अघि बढ्यो ?
फाउण्डेशनलाई जति गति दिने सोच बनाएका थियौं, कोरोना र लकडाउनकै कारण हाम्रो योजनाले मूर्तरुप लिन सकेन किनकी २ वर्षअघि स्थापना गरेपछि एक वर्ष कोरोनाका कारण फाउण्डेशन ओझेलमा प¥यो ।
कोरोनाले हामीलाई मात्र विश्वनै संकटमा परेको अवस्थामा हामीले सक्रियताका साथ सांगठनिक विस्तार गर्न नसकेपनि सामाजिक सेवामा हामी तत्पर भयौं । हामीले हरेकको घर–घरमा खाद्यान्नको प्याकेज पु¥यायौं, जसले गर्दा त्यहाँका समुद– फाउण्डेशनले नेपाली कांग्रेसलाई अमेरिकामा चिनाउन र यसको गरिमा बढाउन कस्तो भूमिका खेलेको छ ?
ाय हामीप्रति आभारी भए । दूध, चामल, तरकारीलगायत अति आवश्यकीय सामाग्री वितरणमा हामीले जोड दिने योजना अघि बढायौं ।
लकडाउन र कोरोनाका बीच जोखिम मोलेर अघि बढाइएको सामाजिक कामबाट हामी बिचलित भयौं जसका कारण अब आगामी दिनमा अमेरिकामा फाउण्डेशनले रफतार लिने निश्चित छ । हामीले करिब २० हजार मानिसलाई सहयोग गरेको तथ्यांक छ ।
– जीपी फाउण्डेशन एक प्रजातान्त्रिक धारको संगठन हो, अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा यहाँहरुले कसरी संगठनलाई कसरी विस्तार गर्ने सोच बनाउनु भएको छ ?
अमेरिकामा फाउण्डेशनलाई बृहत बनाउनका लागि प्रजातान्त्रिक धारले कुनै असर पार्दैन । किनकी अमेरिका डेमोक्र्याटिकहरुको बाहुल्यता रहेको देश हो। शक्तिशाली राष्ट्र भएपनि संगठन विस्तारमा कुनै रोकावट नभएकोले हामीले सहजै संठगन विस्तार गर्न सक्छौं ।
अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई फाउण्डेशनमा समेट्ने हाम्रो सोच हो । त्यति मात्र नभइ त्यहाँ का नेपाली पेशाकर्मी र स्थायी बसोबास गर्नेलाई हामीले फाउण्डेशनमा समेट्न सक्छौं भन्ने योजना अघि सारेका छौं । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिँदै जीपी फाउण्डेशनलाई अमेरिकाभर चिनाउने हाम्रो लक्ष्यबाट हामी पछि हट्ने छैनौं ।
– अहिले फाउण्डेशनमा सदस्य संख्या कति छ ? अधिक संख्या बनाउन नेपाली कांग्रेसको भूमिका कस्तो हुनुपर्छ ?
अहिले फाउण्डेशनको अमेरिका च्याप्टरमा जम्मा १३ जना सदस्य छन् । मैले यसअघि पनि भनें, कोरोना महामारीका कारण हामीले फाउण्डेशनलाई विस्तार गर्न सकेका छैनौं ।
अझैपनि अमेरिकामा कोरोनाको त्रास कायमै छ । अब यो त्रास हटेपछि हाम्रो मुख्य लक्ष्य सदस्य संख्या बढाउने हुनेछ । त्यसका लागि हामीले प्रजातान्त्रिक पृष्ठभूमि भएका र प्रजातन्त्रमाथि विश्वास गर्ने हरेक नेपालीलाई समेट्ने छौं ।
अमेरिकामा प्रजातान्त्रिक धारका मानिसको संख्या अधिक भएकोले हामीलाई त्यहाँ नेपाली कांग्रेस चिनाउन र बुझाउन त्यति गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन ।
किनकी जो बाइडेनलाई राष्ट्रपति निर्वाचनमा जिताउन हामीले त्यसबेला जुम बैठकमार्फत ग्लोबल मिटिङनै गरेका थियौं । हाम्रो भूमिका त्यहाँ देखिएको थियो । कांग्रेसको गरिमा बढाउन फाउण्डेशनको क्रियाशिलतामा भरपर्ने हुनाले हाम्रो अध्यक्ष सुजता कोइरालासँग हामीले बारम्बार छलफल गरेका छौं । कोइरालाको धारणा र योजनालाई अनुसरण गर्दै हामी अघि बढ्ने छौं ।