प्रहरी नागरिकको साथी । हाम्रो समाजमा हुने हरेक आपराधिक घटनाको अनुसन्धान तथा पीडित पक्षलाई न्याय दिलाउने जिम्मेवारी प्रहरीको का“धमा रहेको छ । यस्तो महत्वपूर्ण जिम्मेवारी राष्ट्रबाट प्राप्त गरेको प्रहरी भौतिकरुपमा भने ज्यादै कमजोर रहेको छ । यस्तो अवस्थामा भवन तथा आवश्यक स्रोत र साधानको उपलब्धता बागमती प्रदेश सरकारलेपछिल्लो समय उपलब्ध गराउन थालेको छ । संघीय सरकार मातहतमा प्रहरी रहेको भएपनि प्रदेश सरकारले समग्र नागरिकको सुरक्षामा खटिने भएका कारण प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत चारवटा प्रहरी कार्यालयका नया“ भवन निर्माण गरिरहेको छ । मकवानपुरको विकट क्षेत्रदेखि सुगमका चारवटा प्रहरी कार्यालयको भवन निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरको विकट क्षेत्र डा“डाखर्क, बकैया गाउ“पालिकाको ठिंगनमा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण भइरहेका छ। हेटौंडा–११, थानाभ¥याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र रातोमाटे चेकपोष्टमा प्रहरीका लागि भवन निर्माण भइरहेको छ । वर्षौदेखि जीर्ण भवनमा कष्टपूर्ण तवरबाट बस्दै आएका प्रहरीलाई नया“ भवनबाट सेवा दिन सहज हुने दावी गरिएको छ । मकवानपुरमा ६ वटा प्रहरीका भवन जीर्ण अवस्थाका र भाडाका घरमा बस्दै आएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
हेटौंडा–५, भैरवरोडस्थित वडा प्रहरी कार्यालय, हेटौंडा–२ चौकीटोलमा रहेको प्रहरी चौकी, मकवानपुरगढीको इलाका प्रहरी चौकीलगायतका प्रहरी कार्यालय भाडाका घरमा बस्दै आएका छन् । हेटौंडाको पशुपतिनगर, बसपार्क, भीमफेदी, पालुङ, भैंसेमा रहेको प्रहरी कार्यालय जीर्ण अवस्थामा रहेका छन् । जीर्ण भवनमा बस्दै आएका प्रहरीलाई वर्षामा पानी चुहिने, हावाहुरी लगायतको समस्या छ । जिल्लाको दुर्गमक्षेत्र राक्सिराङ गाउँपालिकामा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड १८ लाखको सहयोगमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको थियो । केही समयअघि मात्रै थाहा नगरपालिकाको सिमञ्ज्याङ प्रहरी चौकी पनि उद्घाटन गरिएको थियो । थाहा नगरपालिकाको सहयोगमा भवन निर्माण भएको हो । सिमञ्ज्याङमा यसअघि छाप्रोमा बसेर प्रहरीले सेवा प्रदान गर्दै आएका थिए । प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधार र स्रोत साधनको उपलब्धता गराउन सकेको खण्डमा पक्कै पनि समाजमा हुने विभिन्न किसिमको हत्या, हिंसा, दुर्घटना तथा आपराधिक क्रियाकलापमा पक्कै पनि कमी आउनेछ । प्रहरीलाई यस्ता किसिमको गतिविधिको अनुसन्धानमा समेत सहयोग पुग्ने देखिन्छ ।