हेटौंडा/त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधि जितेको छ ।
कोरोना महामारी पश्चात् एन्फाको वार्षिक क्यालेन्डर अनुसार हेटौंडामा शनिबार सम्पन्न फाइनलमा विजयीहु“दै आर्मी सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा शनिबार भएको फाइनलमा साविकको आयोजक मकवानपुर–११ लाई
१–० सांघुरो गोलअन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको च्याम्पियन भएको हो ।
आर्मीको जितमा एकमात्र निर्णँयक गोल कप्तान टेकबहादुर बुढाथोकीले गरे । उनले खेलको ३८ औं मिनेटमा मकवानपुरका गोलरक्षक अशोक बराल अगाडि बढेको मौकामा उत्कृष्ट फिनसिङल गर्दै गोल गरेका थिए । उनी फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार रुपैया“ प्राप्त गरे । फाइनलमा आर्मीका डिफेन्डर र मिडफिल्डहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । एक गोलले अगाडि भएस“गै दोस्रो हाफमा आर्मीले डिफेन्सिभ खेल खेलेको थियो । खेलको ७९ औं मिनेटमा आयोजकका रुपेश केसीले प्रहार गरेको बल आर्मीका गोलरक्षक विश्वास चौधरीले उत्कृष्ट वचावट गरे । आर्मीका डिफेन्डरका अगाडि मकवानपुरका फरवार्डहरु खेलभर निरिह देखिए ।
प्रतियोगिताको च्याम्पियन आर्मीले उपाधिसहित नगद दशलाख रुपैया“ र उपविजेता मकवानपुरले नगद पा“चलाख रुपैया“ प्राप्त ग¥यो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो सेटको आठजना खेलाडी नहु“दा पनि उपाधि जितेकामा खुशी व्यक्त गरे । उनले खेलाडीको मेहेनतका कारण प्रतियोगिताको च्याम्पियन भएको बताए । आयोजकका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनलमा खेलाडीहरुले खेल्न नसकेको प्रतिक्रिया दिए । ‘फाइनलमा आर्मीको तुलनामा हामी केही कमजोर देखियौ । आर्मीले छिट्टै गोल ग¥यो ।’, उनले आफ्ना खेलाडीहरु फाइनलमा सुस्त देखिएको बताए ।