हेटौंडा/मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेकोे अक्षय कोषबाट ज्येष्ठ पत्रकारलाई मासिक चार हजार रुपैया“को दरले पेन्सन वितरण सुरु गरिएको हो ।
महासंघका पूर्वअध्यक्ष एवम् संस्थापक नवराज शर्मालाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत तथा महासंघ वाग्मती प्रदेश अध्यक्ष प्रताप विष्टले चेक हस्तान्तरण गर्दै पेन्सन वितरणलाई औपचारिक सुरुवात गरेका थिए । महासंघले उपमहानगर तथा विभिन्न संघसंस्थाको सहयोगमा यस वर्षबाट वितरण गर्ने गरी दशलाख रुपैया“को कोष खडा गरेको थियो । उक्त कोषमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सहयोग जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । ‘पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका र ६० वर्षमाथिका पत्रकारलाई हामी तत्काल चारहजार रुपैया“ प्रतिमहिना दिन सुरुवात गरेका हौं । आगामी वर्षबाट रकम बृद्धि गरिनेछ ।’, मकवानपुर अध्यक्ष हरि हुमागाईंले कार्यविधि नै बनाएर वितरण सुरु गरिएको बताए ।
‘हाम्रो कार्यविधि अनुसार निवेदन प्राप्त भएपछि सोही अनुसार प्रक्रिया अगाडि बढ्नेछ ।’, उनले थपे । शर्माले करिब २० वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर काम गरेका थिए । जिल्लामा यस कार्यविधिबाट तत्काल आधा दर्जन ज्येष्ठ पत्रकार लाभान्वित हुनेछन् । पेन्सन रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी आर्थिक वर्षमा पनि कोषमा रकम थप्ने प्रतिबद्धता जनाए । ‘निजी र गैसरकारी क्षेत्रलाई पनि आफ्नो कार्यकालमा कोषमा रकम थप गर्न आग्रह गर्नेछु ।’, उनले महासंघ स“गको सहकार्यलाई निरन्तरता दिइने बताए ।
पेन्सन रकम बुझ्दै वरिष्ठ पत्रकार शर्माले महासंघले थोरै रकमबाट भएपनि आफूले लामो समयदेखि कलमको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गरेको बताए । ‘हामीले लामो समय पत्रकारिता क्षेत्रमा वितायौ । तर, अहिले रिटायर्ड समय अरुस“ग आश्रित हुनुपर्ने अवस्था सिर्जना भएको । महासंघले यस्तो समयमा सम्झेकोमा धन्यवाद् व्यक्त गर्दछु ।’, उनले थपे ।बागमती प्रदेश अध्यक्ष प्रताप विष्टले महासंघले कोषमा रकम वृद्धि गर्दै लैजानुपर्ने र पेन्सन रकमबाट बढीभन्दा बढी ज्येष्ठ पत्रकार लाभान्वित हुने वातावरण तयार गर्न जरुरी रहेको औंल्याए । ‘देशमै हामी अग्रज पत्रकारलाई पेन्सन वितरण गर्ने अवस्थामा रहेका छौं । यो खुशीको समय हो ।’, विष्टले भने । महासंघ उपाध्यक्ष पोष्टराज अधिकारीले महासंघ समावेशी सिद्धान्तको आधारमा अगाडि बढिरहेको अवस्थामा सवै क्षेत्रको प्रतिनिधित्व हु“दा हालको अवस्थासम्म आइपुगेको बताए । मकवानपुर शाखाले कोरोना बीमा, दुर्घटना बीमा, सञ्चारकर्मी उपचार कोष तथा वार्षिक विभिन्न क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत र तालिमहरु सञ्चालन गर्दै आएको छ ।