हेटौंडा/बागमती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण पुनः बढ्ने सम्भावना देखिएस“गै आफ्नो पुरानो संरचनालाई पुनः सञ्चालन गर्ने भएको छ ।
बागमतीको १३ वटा जिल्लामा करिब सात हजार वटा आइसोलेसन, दुई सय २५ वटा एचडीयु, ५१ वटा भेन्टिलेटलाई पुनः सञ्चालनका लागि तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार प्रदेशका पा“च स्थानमा पीसीआर परीक्षणको व्यवस्था गरिएको छ ।
‘पीसीआर परीक्षणका लागि आवश्यक किट्सहरु तयारी अवस्थामा राखेका छौं । परीक्षणको दायरा पनि फराकिलो बनाउने निर्णाय हामीले गरेका छौं ।’, उनले पर्याप्त जनशक्ति र मेडिकलजन्य सामग्री आफूहरुस“ग रहेको दाबी गरे । ‘यसअघि नै कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि बनाइएको संरचनालाई तत्काल सञ्चालन गर्ने पक्षमा हामी छौं । आवश्यकता अनुसार थपघट गरिनेछ ।’, उनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न समेत सम्पूर्ण नागरिकहरुमा सार्वजनिक रुपमा आव्हान गरिसकेको बताए ।
उनका अनुसार कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई प्रदेश सरकारले कडाइ गर्न लागेको हो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय समेत भएको उनले बताए ।सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक
दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने तयारी प्रदेश सरकारले गरेको छ । ‘अनावश्यक रुपमा यात्रा नगर्न समेत हामीले आग्रह गरेका छौं ।’, उनले थपे ।
कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि मन्त्रालयले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायस“ग छलफल गरिरहेको छ । ‘हामी प्रदेशभरका सवै जिल्लास“ग समन्वय गरिरहेका छौं । नियन्त्रणका लागि आवश्यक तयारीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । अहिले हामी त्यसतर्फ केन्द्रित भएका छौं ।’, उनले नजिकि“दै गरेको होलीलगायत विभिन्न पर्वहरु आफ्नो परिवारमा मनाउन र अत्यावश्यक कामबाहेक हि“डडुल नगर्न समेत आग्रह गरेका छन् । ‘बजार क्षेत्रमा अनावश्यक भिडभाड समेत देखा परिरहेको छ । त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर हामीले जिल्लागतरुपमा समन्वय गरिरहेका छौं ।’, उनले भने ।