हेटौंडा÷मकवानपुरमा जारी अन्तरशहर राष्ट्रव्यापी टिम चेस प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। पा“चौ चरणसम्म दुई अंकको अग्रता लिएको आयोजक शहर हेटौंडा उपमहानगरपालिकाको टोली छैटौं चरणमा इलामको गजुरमुखी चेस क्लबसँग बराबरीमा रोकिएसँगै उपाधिको छिनोफानो सातौं चरणको नतिजाले तय गर्नेछ । शनिबार हुने अन्तिम तथा सातौं चरणको खेलमा एघार म्याच प्वाइन्टका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको हेटौंडाले ललितपुरको महालक्ष्मी नगरपालिकाको सामना गर्नेछ ।
चौथो चरणमा हेटौंडासँग हार व्यहोरेको दोलखाले शुक्रबार सम्पन्न पाँचौं तथा छैठौं चरणका लगातार जीत हात पार्दै समग्रमा १० म्याचवाइन्टका साथ उपाधि होड कायमै राखेको छ । पाचौं चरणमा ललितपुर स्पोर्टस क्लबमाथि ३–१ को जित हात पारेको दोलखाले छैटौं चरणमा ललितपुर महानगरपालिकाको टोलीलाई २.५–१.५ ले हरायो । अन्तिम चरणमा दोलखाको भेट नाईट चेस क्लबकाकरभिट्टा झापासँग हुनेछ । उपाधिका लागि अनिवार्य जीत निकाल्नु पर्ने दबाबमा रहेको दोलखाका लागि पहिलो बोर्डमा हुने हेटौंडा र महालक्ष्मी– बिचको खेलको नतिजा समेत महत्वपूर्ण रहनेछ ।
छैटौं चरणको समाप्तिमा गजुरमुखी, महालक्ष्मी र ललितपुर महानगरपालिका समान ८–८ म्याच प्वाइन्टका साथ अंक तालिकामा संयुक्त तेस्रो स्थानमा रहेका छन् । नाईट चेस क्लब, माउण्ट एभरेष्ट चेस एण्ड कल्चर क्लब गोकर्णेश्वर र ललितपुर स्पोर्टस क्लको समान ७–७ अंक रहेको छ ।