हेटौंडा/अन्तरसिटी राष्ट्रव्यापी चेस प्रतियोगिता–२०७७ को उपाधि आयोजक हेटौंडा चेस क्लबले जितेको छ ।
हेटौंडामा शनिबार सम्पन्न सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकामाथि ४–० को जीत निकालेको हेटौंडाले समग्रमा १३ अंकका साथ उपाधि चुम्न सफल भएको हो । दुई साता– अघि भक्तपुरमा सम्पन्न अन्तरनगरपालिका कपको समेत विजेता रहेको हेटौंडाको टोलीले २ लाख ५० हजार रुपैया“ नगद पुरस्कार प्राप्त ग¥यो ।
दोलखा जिल्ला बुद्धिचाल संघको टोलीले नाइट चेस क्लब काकरभिट्टा झापालाई ३.५–०.५ हराउ“दै दोस्रो स्थान हासिल गर्न सफल भयो । ७ खेलबाट १२ अंक बनाएको दोलखाले १ लाख ५० हजार रुपैया“ नगद हात पा¥यो । ललितपुर महानगरपालिकाको टोलीले इलामको गजुरमुखी चेस क्लबमाथि ३.५–०.५ को जीत आत्मसाथ गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
ललितपुरका अर्का दुई टोली ललितपुर स्पोर्टस क्लब तथा महालक्ष्मी नगरपालिका क्रमशः चौथो तथा पा“चौं स्थानमा रहन सफल भए । तेस्रो, चौथो तथा पा“चौं स्थानमा रहेका टोलीले क्रमशः ५० हजार, ३० हजार तथा २० हजार रुपैया“ नगद प्राप्त गर्न सफल भए । व्यक्तिगत बोर्डतर्फ बिदुर नगरपालिका नुवाकोटका युवा खेलाडी आश्यर्य चौधरीले पहिलो बोर्डमा शतप्रतिसत नतिजा हातपार्दै पहिलो हुन सफल भए दोलखाका फिडेमास्टर मनिष हमाल दोस्रो बोर्डमा उत्कृष्ट ठहरिए ।
तेस्रोे, चौथो तथा पा“चौ बोर्डमा हेटौंडाको वर्चश्व रह्यो । तेस्रो बोर्डमा शुरवीर लामा, चौथोमा फिडेमास्टर रुपेश जयसवाल तथा पाचौंमा अर्का फिडेमास्टर क्षितीज भण्डारी पहिलो हुन सफल भए । सबै बोर्डका उत्कृष्ट खेलाडीले जनही दश हजार रुपैया“ नगद समेत प्राप्त गरे ।
हेटौंडा चेस क्लब तथा मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा फागुन ११ देखि शुरु प्रतियोगिताका विजयी टीम तथा खेलाडीलाई हेटौंडा उपमहानगर–पालिकाका प्रमुख हरिबहादुर महत, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन समारोहमा प्रमुख अतिथि महतले हेटौंडा खेलाडी उत्पादनस“गै पूर्वाधार निर्माणमा जोड दिइरहेको बताए। ‘खेलाडी उत्पादन हरेक खेलमा मकवानपुरमा लामो समयदेखि भइरहेको छ ।
तर, भौतिक पूर्वाधारको अभाव हामीले भोग्दै आएका छौं । यस पटक हामीले पूर्वाधार निर्माणमा जोड दिइरहेका छौं ।’, उनले भने । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव भण्डारीले प्रदेशका खेलाडी संरक्षण र पूर्वाधार विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास भइरहेको बताए ।
‘प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि वीमा तथा दैनिक भत्ता हामीले देशमै सवैभन्दा बढी कायम गरेका छौं । खेलाडीले सोचे अनुसार प्रदर्शन गर्नका लागि हामीले प्रोत्साहन गरेका हौं ।’, उनले भने । देश संघीयतामा गएस“गै खेलकुदे क्षेत्रको विकास तीव्ररुपमा भइरहेको उनले दाबी गरे ।