हेटौंडा/मकवानपुरका पत्रकारले यसवर्ष होली पर्व मनाएका छन् । अघिल्लो वर्ष कोरोना महामारी र लकडाउनका कारण रोकिएको होली यसपटक स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै जिल्लाका पत्रकारहरुले होली मनाएका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार बिहान पत्रकारसँग होली मिलन कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै पत्रकार महिलाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखा कार्यालयमा र टिम टेलिभिजनले होली मिलन कार्यक्रम आयोजना गरेको थियो । अघिल्ला बर्षभन्दा यसपटक पत्रकारको संख्या भने न्यून थियो । कोरोना संक्रमण पुनः बढेको अवस्थामा प्रशासनले सर्तक भएर पर्व मनाउन अनुरोध गरेको छ ।