हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को शक्तिखोलामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार अन्दाजी ४० वर्षीय पुरुषको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रहरीलाई स्थानीयले शव देखेपछि खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको साँझ ८ बजेसम्म पनि सनाखत हुन सकेको छैन् । प्रहरीले शव पहिचानको लागि प्रयास गरिरहेको जनाइएको छ । शवलाई हेटौंडा अस्पतालमा राखिएको छ । अनुसन्धान पूरा नभई र शवको पोष्टमार्टम रिर्पोट नआएसम्म घटनाको विषयमा थप भन्न नमिल्ने प्रहरीले जनाएको छ ।