Sajhakura Dainik - प्रदेशसभाको गतिविधि सार्वजनिक, हालसम्म ३६ वटा कानुन पारित
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

प्रदेशसभाको गतिविधि सार्वजनिक, हालसम्म ३६ वटा कानुन पारित


समाचार 10 पटक पढिएको




हेटौंडा÷प्रदेश संरचना निर्माण भएको करिब डेढ वर्षको अवधिमा प्रदेश–३ को प्रदेशसभाले ३६ वटा कानुन पारित गरेको छ ।

प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक पेश भएकोमा ५ वटा विधेयक भने प्रदेश समितिमा छलफलकै क्रममा रहेको छ । २ वटा नयाँ विधेयक रहेको बताइएको छ । प्रदेशसभा सचिवालयले गत आर्थिक वर्षमा गरेको गतिविधिसहितको प्रदेशसभा दर्पण सोमबार सार्वजनिक गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा दर्पणको बिमोचन गरेका हुन् । दर्पण विमोचन गर्दै सभामुख श्रष्ठले प्रदेशसभाले गरेका गतिविधि पारदर्शी बनाउनको लागि वार्षिक गतिविधि समेटिएको पुस्तक निकालिएको बताए । सभामुख श्रेष्ठले पुस्तकको विमोचन गर्दै सार्वजानिक गरेका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभाका प्रमुख सचेतक रामेश्वर फुयाँललगायतको आतिथ्यता रहेको थियो । प्रदेशसभालाई बिजनेश नभएकाले प्रदेशसभा दुई महिनासम्म स्थगित गर्नुपरेको उल्लेख गर्दै सभामुख सानुकुमार श्रेष्ठ अबको प्रदेशसभा भदौ ८ गते राख्ने तयारी गरिएको बताए ।






कमेन्टसहरु




2584338 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top