Sajhakura Dainik - प्रदेशका एक सय १९ वटा विद्यालयमा नर्सको सेवा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

प्रदेशका एक सय १९ वटा विद्यालयमा नर्सको सेवा


समाचार 17 पटक पढिएको




हेटौंडा, २७ साउन÷ सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै सामान्य किसिमका स्वास्थ्य उपचार सेवा तथा स्वास्थ्यबारे ज्ञान दिने उद्देश्यले प्रदेश–३ सरकारले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको सेवा विस्तार गरिने भएको छ ।

  सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका एक सय १९ वटै स्थानीय तहका एक÷एक वटा विद्यालयमा नर्स सेवा पु¥याउन लागेको हो । गत वर्ष प्रदेशका २० विद्यालयमा पाइलट प्रोजेक्टको रुपमा कार्यक्रम सुरु गरिएको थियो । पाइलट प्रोजेक्टको रुपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश–सेवा विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि बनाएर सामाजिक विकास मन्त्रालयले विद्यालय छनौट तथा नर्सको दरखास्त आह्वानको तयारी गरेको छ । मन्त्रालयले यो वर्षको कार्यक्रमको लागि  ६ करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमबारे सोमबार हेटौंडामा आयोजित स्थानीय तहसँग समन्वय तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री दुलालले क्रमशः प्रदेशभित्रका सबै सामुदायिक विद्यालयमा नर्स सेवा विस्तार गर्दै लैजाने बताए । विद्यालयमा कुनै विद्यार्थी बिरामी भए वा चोटपटक लागेमा सरकारी नर्सले नै प्राथमिक उपचार गर्नेछन् । जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान नर्सले सिफारिस गर्नेछन् । प्राथमिक उपचारको सामाग्री तथा औषधिसहित विद्यालयमा खटिनेछन् । साथमा नर्सले विद्यार्थीलाई  स्थ्यसम्बन्धी सचेतनासमेत प्रदान गर्नेछन् । बितेको आर्थिक वर्षमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि (फोस्रेटार), रसुवास्थित कालिका हिमालयन मावि (कालिकास्थान), रामेछापस्थित मन्थली मावि (मन्थली), नुवाकोटस्थित विन्दुकेशर मावि, तुक्सार (मेघान) र त्रिभुवन मावि (त्रिशुली) मा कार्यक्रम लागू भएका छन् । त्यस्तै मकवानपुरको महेन्द्र मावि बकैया–४, आधुनिक मावि (हेटौडा), ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा बिद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क (काभ्रेपलाञ्चोक), काठमाडौँस्थित जनसेवा मावि (पाङ्गा), पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि (भरतपुर), दुर्गाशेषकान्त अधिकारी मावि (भरतपुर), धादिङस्थित निलकण्ठ मावि (धादिंगबेसी), चन्द्रोदय मावि (बेनिघाट) र बागेश्वरी मावि (भक्तपुर) छनौट गरी एक विद्यालय एक नर्स कार्यक्रम लागू गरिएको थियो । यस वर्ष यी विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिई थप एक सय १ वटा विद्यालय छनौट गरी नर्स पठाउने तयारी भइरहेको मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले जानकारी दिइन् । नर्सहरुका लागि प्रत्येक विद्यालयले दुईवटा कोठाको व्यवस्था गरेको छ । मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको सभाध्क्षतामा भएको कार्यक्रममा मकवानपुर, चितवन, धादिङ र सिन्धुलीको स्थानीय तहको जनप्रतिनिधि तथा स्वास्थ्य संयोजकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आधुनिक मावि हेटौंडाका अभिभावक तथा विद्यार्थीले कार्यक्रमको प्रभावकारिताको बारेमा बोलेका थिए ।






कमेन्टसहरु




2584330 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top