Sajhakura Dainik - शिक्षामा सबलीकरणको लागि करिब १८ करोड बिनियोजन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

शिक्षामा सबलीकरणको लागि करिब १८ करोड बिनियोजन


समाचार 39 पटक पढिएको




हेटौंडा, २२ भदौ÷ प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रको सबलीकरणको लागि चालु आवमा करिब १८ करोड रुपैयाँँ विनियोजन गरेको छ ।

 आइतबार राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । मन्त्रालयले चालु आर्थिक वर्ष ०७६÷७७ मा शिक्षामा सबलीकरण गर्न विभिन्न शिर्षकमा १७ करोड ३० लाखरुपैयाँँ विनियोजन गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालयका उपनिर्देशक रुद्रहरि भण्डारीले मन्त्रालयले प्रदेशको सामुदायिक क्याम्पस गुणस्तर सुदृढीकरण सबलीकरण अनुदानको लागि मात्रै ११ करोड विनियोजन गरेको छ । त्यस्तैगरी मन्त्रालयले प्रदेशको विभिन्न जिल्लाका पाँचवटा विद्यालयमा ईलाईब्रेरी सञ्चालनको लगी तीन करोड ३० लाख , आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन गर्न तीन करोड रुपैयाँ र छोरीबुहारी उच्चा शिक्षा छात्रवृत्तिको लागि एक करोड रुपैयाँ छुट्याएको छ ।  यस्तैगरी मन्त्रालयले ३३ वटा सामुदायिक विद्यालयमा विषयगत प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखे पनि रकम भने विनियोजन गरिसकेको छैन । भण्डारीको अनुसार रकम विनियोजन भएका योजनाका अनुदान पनि कहा कति वितरण गरिने भन्ने यकिन भइनसकेको उनले बताए । उपनिर्देशक भण्डारीको अनुसार गत आर्थिक वर्ष ०७५÷०७६ मा मन्त्रालयले शिक्षाकै सबलीकरणको लागि करिव ६८ करोड रुपैयाँ खर्च गरेको थियो । मन्त्रालयले गएको एक वर्षमा शिक्षामा ६७ करोड ८० लाख रुपैयाँको अनुदान वितरण गरेको थियो । भण्डारीले दिएको जानकारी अनुसार मन्त्रालयले गत वर्ष क्याम्पस सबलीकरणको लागि प्रदेशका एकसय ३४ वटा क्याम्पसलाई ३३ करोड पचास लाख , १२ वटा विद्यालय भवन निर्माणको लागि १६ करोड २० लाख , ७५ वटा विद्यालयमा शुद्व खानेपानीको लागि ८ करोड दश लाख रुपैयाँ खर्च गरेको थियो । माथिको तथ्यांक हेर्दा मन्त्रालयले गएको आर्थिक वर्षको तुलनामा यस वर्ष शिक्षामा ५० करोड ५० लाख कम रकम विनियोजन गरेको छ । उपनिर्देशक भण्डारीले मन्त्रालयमा दक्ष कर्मचारी नभएको कारण विभिन्न भवन निर्माणको कार्य मन्त्रालयले यसवर्ष सार्वजनिक योजना कार्यान्वयन ईकाईलाई दिएको छ । जसकारण मन्त्रालयले गर्ने खर्च कम देखिएको हो । ‘गतवर्ष मन्त्रालयले स्थानीय तहका कर्मचारी प्रयोग गरेर काम सम्पन्न गरेपनि यस वर्ष भवन निर्माणका योजना हेर्ने इञ्जिनियर तथा दक्ष कर्मचारी छैनन् । त्यसैले मन्त्रालयले आफ्नो योजना पनि ईकाईलाई दिएको हो ।’, उनले भने । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सस्ंथागत विद्यालयको जतिको हनु नसकेकोमा गुनासो गरे । उनले शिक्षा क्षेत्रममा परिवर्तन नभई देश परिवर्तन नहुने भन्दै विद्यालयमा व्यावहारिक शिक्षाको आवश्यकता औंल्याए । कार्यक्रममा मन्त्रालयले गत वर्षको एसईई परीक्षामा उत्कृट नतिजा ल्याउने सामुदायिक विद्यालयको ५ वटा र सस्ंथागत विद्यालयको ३ वटा विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामाजिक विकास मन्त्री युवराज दुलालको सभाध्यक्षता भएको कार्यक्रममा प्रदेश ३ को संसदको कृयिा , स्वास्थ्य तथा शिक्षा समितीका सभापति घनश्याम दाहाल , नीति तथा योजना आयोगकी सदस्य डा यमुना कँडेल, तथा शिक्षा निर्देशनालयका कायममुकायम निर्देशक चन्द्रप्रसाद लुईटेलले मन्तव्य व्यक्त गरेका थिए ।






कमेन्टसहरु




2639738 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top