Sajhakura Dainik - धमाधम साझा अधिकारको कानुन बनाउँदै प्रदेश–३
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

धमाधम साझा अधिकारको कानुन बनाउँदै प्रदेश–३


समाचार 84 पटक पढिएको




हेटौंडा÷ प्रदेश ३ सरकारले पछिल्लो समयमा साझा अधिकारका कानुन धमाधम निर्माण गरिरहेको छ ।

प्रदेश सरकारले हालसम्म संघीय सरकार र प्रदेश सरकारको साझा अधिकार सूचीमा रहेको वन ऐन, जलचर, सहकारी–साझेदारी ऐन निर्माण गरिसकेको छ भने लोकसेवा आयोग गठन सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गराएर छलफल अन्तिम चरणमा पु¥याइसकेको छ । साझा अधिकारका कानुनका विषयमा लिएर संघीय सरकार र प्रदेश सरकारबीच मतभेद भइरहेको अवस्थामा पछिल्लो समय प्रदेश सरकारले साझा अधिकार सूचीको कानुन निर्माणमा केन्द्रित भइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।  प्रदेशले पहिचान गरेका ९९ वटा कानुनमध्ये नियमावलीबाहेक ४० वटा कानुन प्रदेश सरकारले निर्माण गरिसकेको छ । प्रदेश सरकारले अझै संघीयता कार्यान्वयनको क्रममा महत्वपूर्ण मानिने प्रहरी ऐन, निजामती कर्मचारी ऐन तथा अन्य कानुनलगायत साझा अधिकारका कानुन बनाउन बाूकी रहेको मन्त्री जम्कट्टेलले बताए । ‘साझा अधिकारका कानुन नबन्दा कर्मचारी भर्ना, आवश्यक सुरक्षा प्रबन्ध तथा नागरिकको जनजीविकासूग प्रत्यक्ष सरोकार राख्ने विषयमा काम गर्न प्रदेश सरकारलाई अप्ठेरो परिरहेको छ ।,’ उनले भने, ‘संघीय सरकारले कानुन नबनाएसम्म प्रदेश र स्थानीय तहले कानुन बनाउन मिल्दैन । केन्द्रले आफूलाई आवश्यक अधिकार राखेर बाूकी अधिकार हामीलाई दिने गरेको छ । यसैले हामी समस्यामा छौं ।’ उनले अब प्रदेश सरकार साझा अधिकारका सूचीमा रहेको कानुन निर्माणमा केन्द्रीत भएका कारण सरकारले विस्तारै गति लिँदै जाने विश्वास व्यक्त गरे । साझा कानुन नहुँदा समस्या परेको गुनासो प्रदेश मन्त्रीहरूले गर्दै आइरहेका थिए 

                                                      प्रदेशसभाको बैठक आज

प्रदेश ३ को जारी वर्षे अधिवेशनको प्रदेशसभा बैठक सोमबार पुनः सुरु हुँदैछ । भदौ १२ गते स्थगित भएको बैठक ११ दिनपश्चात् बस्न लागेको हो ।  प्रदेशसभाको यस बैठकलाई महत्वका साथ हेरिएको छ । यस बैठकले लामो कसरतपश्चात् प्रदेशसभामा पेश भएको प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टुंगो लगाउँदैछ । प्रदेशसभाको यस वैठकले सार्वजनिक, निजी, सहकारी, साझेदारी विधेयक तथा प्रदेश समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालबीच विवादमा रहेको प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक टुंगो लगाउने तयारी गरिरहेको छ । आइतबार प्रदेश मामिला समितिले विधेयकको दफाबार छलफल सक्काएको छ । विधेयकमाथि दफाबार छलफलसँगै आठ जना प्रदेशसभा सदस्यहरुले दर्ता गराएका २२ वटा संशोधनमाथिको छलफल समेत टुंगिएको छ । प्रदेश सरकारले भदौ ८ गतेको प्रदेशसभा बैठकमा दर्ता गराएको विधेयकमाथि प्रदेश मामिला समितिले संघीय राजधानी काठमाडौंमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा लोकसेवा आयोगका पूर्वअध्यक्षहरु तथा कानुनविद्हरुसँग परामर्श गरिसकेको प्रदेश मामिला समितिका सदस्य राजेन्द्रमान श्रेष्ठले जानकारी दिए । विधेयक पारित भएपछि प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकार सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश संगठित संस्थाको सेवा तथा स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा कर्मचारी छनौट आयोगले गर्न पाउनेछ । आयोगमा कम्तिमा १ महिला हुने गरी अध्यक्ष सहित ३ सदस्य हुने विधेयकमा उल्लेख छ । आयोगको अध्यक्ष र सदस्यहरुको नियुक्तिको लागि मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने प्रावधान राखिएको छ ।आयोगको अध्यक्ष हुन कम्तिमा २० वर्ष सरकारी सेवामा भएको ब्यक्ति हुनुपर्ने प्रस्ताव गरिएको छ । साथै अध्यक्ष वा सदस्य हुन स्नातकोत्तर उपाधि प्राप्त गरेको, अध्यक्ष हुन ४५ वर्ष र सदस्य हुन ३५ वर्ष उमेर पुरा भएको हुुपर्ने विधेकमा उल्लेख छ । प्रदेश सरकार मातहत हुने निकायहरुमा लोकसेवा आयोगको परीक्षा उतिर्ण गरेर प्रवेश गर्नको लागि आवश्यक पर्ने शैक्षिक योग्यता निर्धारण गर्न छुट्टै समिति बनाइने भएको छ । प्रदेशसभाबाट विधेयक पास भएपछि प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ । प्रदेश लोकसेवा आयोग गठन नहुँदा रिक्त कर्मचारी भर्ना गर्न केन्द्र सरकारको भर पर्नुपर्ने बाध्यता थियो । केन्द्रीय सरकारले चैतमा लोकसेवा विधेयक ल्याएपनि प्रदेश ३ ले करिब पाँच महिना ढिलो गरी विधेयक ल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले आपत्ति समेत जनाएका थिए । 






कमेन्टसहरु




2639735 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top