Sajhakura Dainik - हेटौंडामा २५ गतेदेखि सुपथ मूल्य पसल
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

हेटौंडामा २५ गतेदेखि सुपथ मूल्य पसल


समाचार 35 पटक पढिएको




हेटौंडा÷चाडपर्वलाई लक्षित गरेर हेटौंडामा साल्ट ट्रेडिङ कर्पोरेशनले भदौ २५ गते बुधबारदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ ।


बजार मूल्यभन्दा केही सस्तो मूल्यमा उपभोक्तालाई चिनी तथा नुन उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङले सुपथ मूल्य पसल  सञ्चालनमा ल्याउन लागेको हो । हेटौंडा–४ खोपेगल्लीमा बुधबार सुपथ मूल्यको पसलको उद्घाटन गरिने साल्ट ट्रेडिङ हेटौंडाका प्रमुख शैलेशकुमार पाण्डेले जानकारी दिए । पसलमा चिनी र नुन राखिने पाण्डेले बताए । सुपथ पसलबाट एक जनाले अधिकतम ६÷६ किलोसम्म चिनी र नुन खरिद गर्न सक्नेछन् । चिनीको मूल्य ७२ र नुन प्रति प्याकेट १८ रुपैयाँ कायम गरिएको छ । पसलमा मकैको पिठोसमेत राख्ने तयारी गरिएको  तर, निश्चित भइनसकेको साल्ट ट्रेडिङका प्रमुख पाण्डेले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पाेरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले देशभर सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उपत्यकासँगै मुलुकभर ७० ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।  साल्ट कर्पोरेशनले हेटौ डामा राखेको सुपथ मूल्य पसलबाछ गत वर्ष एक हजार ८ सय किलो चिनी र करिब २१ हजार किलो नुन बिक्री भएको थियो ।





कमेन्टसहरु




2639798 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top