Sajhakura Dainik - डेंगुको महामारी नियन्त्रण गर्न सार्वजनिक महत्वको प्रस्ताव
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

डेंगुको महामारी नियन्त्रण गर्न सार्वजनिक महत्वको प्रस्ताव


समाचार 60 पटक पढिएको


डेंगुको महामारी नियन्त्रण गर्न सार्वजनिक महत्वको प्रस्ताव


हेटौंडा, २३ भदौ÷ एक महिनाअघिदेखि प्रदेश–३ लगायत देशैभर फैलिरहेको डेंगुको महामारीप्रति प्रदेश–३ का सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

 डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले प्रयाप्त चासो नदेखाएको भन्दै उनीहरुले आलोचनासमेत गरेका छन् । डेंगु संक्रमण नियन्त्रणको लागि सोमबारको प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता भएको छ  । नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक रामेश्वर फुयाँलले प्रस्ताव दर्ता गराएका हुन् । नेपाली काँग्रेसकी सचेतक राधा घले र सांसद्् कञ्चन खनालले प्रस्तावमाथि समर्थन जनाएकी छन् । प्रस्तावमाथि बोल्दै सांसदहरुले सरकारले एकैदिन प्रदेशभर अभियानको घोषणा गरेर डेंगु नियन्त्रणको लागि कदम चाल्नुपर्ने सुझाव दिए ।  डेंगुबारे सचेतना जगाउन प्रदेश सरकार असफल भएको उनीहरुको आरोप थियो ।  सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री युवराज दुलालले डेंगु नियन्त्रणमा प्रदेश सरकार लागिपरे नतिजा भने नदेखिएको स्वीकार गरे । नियन्त्रणको लागि काम गरिरहेको भए पनि बिरामीको संख्या भने बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । संक्रमितको संख्या धेरै देखिए पनि बढ्ने दरमा भने कमी आएको उनको दावी छ । डेंगु नियन्त्रणको लागि सरकारले थप कार्यक्रम ल्याउने तयारी गरेको पनि उनले सुनाए ।  प्रदेश–३ को १३ जिल्लामध्ये १२ जिल्लामा डेंगुको बिरामी फेला परेका छन् । रसुवामा बाहेक हालसम्म प्रदेशमा करिब दुईहजार दशजनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । चितवनमा एकहजार ३६, मकवानपुरमा छसय २४, काठमाडौंमा दुईसय ५४, भक्तपुर ३३, ललितपुरमा ३२, धादिङ १८, काभ्रेमा चार, सिन्धुपाल्चोक, रामेछाप, दोलखामा २÷२, सिन्धुली र नुवाकोटमा १÷१ जनामा डेंगु भेटिएको निर्देशनालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

 सरकारको आलोचना

सोमबारको बैठकमा पनि प्रदेशको स्थायी राजधानी र नामाकरण नटुङ्ग्याएको भन्दै सरकारको आलोचना भएको छ । विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाूले प्रदेश सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि स्थायी राजधानी र नामाकरणको विषय टुङ्गो लगाउन नसक्नु लज्जास्पद भएको बताए । नेकपाभित्रको विवादका कारण प्रदेशले स्थायी राजधानी र नामाकरण नपाएको उनको  दावी थियो । हरेक पार्टीभित्र विवाद भएपनि त्यसको असर सदनमा पर्न नहुने उनको तर्क थियो । पार्टीभित्र विवादका कारण मुख्यमन्त्री र सभामुखले बोलिसकेको विषयलाई रोक्नु नहुने भन्दै उनले अब प्रदेशको स्थायी राजधानीको विषय टुंग्याएर अगाडि बढ्नुको विकल्प नभएको बताए । नेता बानियाँले कृषिमा अनुदान वितरण गर्दा वास्तविक किसानले नपाएको गुनासो आएको भन्दै वास्तविक किसानले अनुदान पाउनुपर्नेमा समेत जोड दिए । 

दुई विधेयकको प्रतिवेदन पेश

सम्बन्धित समितिमा छलफलपछि सोमबारको प्रदेशसभामा दुई विधेयकको प्रतिवेदन पेश भएको छ । प्रदेश मामिला समितिले दफाबार छलफलपश्चात् टुंग्याएको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन प्रदेशसभामा पेश भएका हुन् । प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए भने मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन सभामा पेश गरेका हसुन् । यसैगरी प्रदेश प्रमुख अनुराधा कोइरालाले दुई वटा विधेयक प्रमाणकीकरण गरेकी छन् । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउूदै दुईवटा विधेयक प्रमाणिकरण भएको जानकारी गराए । प्रदेशसभा सचिवालय ऐन २०७५ संशोधन गर्न बनेको विधेयक तथा प्रदेश सवारी तथा यातायात ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो । योसँगै प्रदेशसभाबाट पारित हुने ऐनको संख्या ३८ पुगेको छ भने प्रमाणीकरण भएको ऐनको संख्या ३५ पुगेको छ । हालसम्म प्रदेशसभामा ४३ वटा विधेयक दर्ता भएका छन् । 






कमेन्टसहरु




2639777 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top