Sajhakura Dainik - लायन्स तथा लियो क्लवको पदस्थापना
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

लायन्स तथा लियो क्लवको पदस्थापना


समाज 44 पटक पढिएको




हेटौडा, २५ साउन÷ मकवानपुरका सम्पूर्ण लायन्स तथा लियो क्लवको संयुक्त रुपमा पदस्थापना गरिएको छ ।

x वर्ष २०१९÷२० को लागी निर्वाचित लायन्स तथा लियो क्लवको अध्यक्ष तथा पदाधिकारीहरुको शनिबार संयुक्त रुपमा पदस्थापना गरिएको हो । कार्यक्रम प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले लायन्स क्लवहरुले पनि सरकारको सुखी नेपाली समृद्व नेपालको नारालाई पुरा गर्न सघाउ गर्नुपर्ने बताए । उनले लायन्स क्लवहरुले सधै सामाजिक कार्यमा तदारुकता देखाएको भन्दै अझ सक्रिय भएर विकास कार्यमा सरकारलाई सहयोग गर्न आह्वान गरे । पौडेलले लायन्समा युवाहरु आवद्व रहेको भन्दै खुसी पनि व्यक्त गरे । कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल थ्री टु फाईब बी टु नेपालका गभर्नर अनुप पहरीले लायन्स सधै सामाजिक कार्यक्रम सक्रिय रहेको भन्दै आगामी दिनमा पनि सधै समाजको लागी काम गर्न लागिपर्ने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, मल्टिपल डिष्ट्रिक कोअर्डिनेटर रमेश अग्रवाल, लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ का एमजिएफ शम्भु नकर्मी, लियो जिल्ला परिषद् ३२५  बी टु का अध्यक्ष सरोज कंडेल, लायन्स क्लव अफ हेटौंडा भुटनदेवीका पुर्व अध्यक्ष अंकिता सुमार्गी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघ मकवानपुर अध्यक्ष कृष्ण कटुवाललगायतको उपस्थिति रहेको थियो । त्यस्तैगरी कार्यक्रममा नयाँ ४ वटा लियो र ३ वटा लायन्स क्लवको परिचय पनि गराइएको थियो ।  






कमेन्टसहरु




2584288 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top