Sajhakura Dainik - हेटौंडाका विभिन्न स्थानमा अर्बौको विद्युतीय सामग्री अलपत्र
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

हेटौंडाका विभिन्न स्थानमा अर्बौको विद्युतीय सामग्री अलपत्र


समाज 21 पटक पढिएको




हेटौंडा, २६ साउन÷ नेपाल विद्युत् प्राधिकरण केन्द्रीय स्टोर्स हेटौंडाले भण्डारण गर्ने स्थानको अभाव भएको भन्दै अर्बौको विद्युतीय सामग्री अलपत्र अवस्थामा छाडेको छ ।

 हेटौंडा–४ स्थित भैरवरोडमा रहेको केन्द्रीय स्टोर्सले लामो समयदेखि विद्युतीय सामाग्रीहरु हेटौंडाको विभिन्न स्थानमा छरेर 

राखेको हो । स्टोर्सले हेटौंडा–१० स्थित टीसीएन खेल मैदान, हेटौंडा–४, भुटनदेवी मैदान, वडा प्रहरी कार्यालय नजिक र हुप्रचौरस्थित खुला स्थानमा करिब दुईहजार विद्युतीय ट्रान्सफर्मर बिना सुरक्षा अलपत्र अवस्थामा राखेको हो । ‘स्टोर्सस“ग आवश्यक भण्डारण गर्ने स्थान अभाव भएको कारण हामीले हेटौंडाको विभिन्न स्थानमा ट्रान्सफर्म राख्न बाध्य भएका हौं ।’ नेपाल विद्युत् प्राधिकरण केन्द्रीय स्टोर्स हेटौंडाका भण्डार प्रमुख बुद्ध कार्कीले भने, ‘घाम पानीले असर नगर्ने हु“दा हामीले उक्त स्थानमा राख्न बाध्य भएका हौं ।’ उनका अनुसार दुई बिगाह क्षेत्रफलमा फैलिएको स्टोर्सभित्र मह“गो, पुराना र धेरै केभीएको ट्रान्सफर्म राखिएको छ । भण्डारण गर्ने स्थान समेत नभएपछि ल्याब टेष्ट गर्दै अन्य जिल्लामा पठाइने ट्रान्सफर्मर खुला आकाशमुनी राख्न आफूहरु बाध्य भएको उनले बताए ।नेपाल विद्युत् प्राधिकरणले गतआर्थिक वर्ष २०७५÷०७६ मा करिब तीनअर्ब ५० करोड रुपैया“ बराबरको विभिन्न क्षमताका चारहजार ट्रान्सफर्मर ग्लोबल टेण्डरमार्फत् खरिद गरेको कार्कीले जानकारी दिए । प्राधिकरणले सानवियन चाइना, टेस्टला इण्डिया र टीबीइए इण्डियाबाट उक्त ट्रान्सफर्मर खरिद गरेको हो । स्टोर्समा ट्रान्सफर्मर खरिदपश्चात् भण्डारस“गै नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कशप अन्तर्गत्को इञ्जिनियरिङ सेवा निर्देशनालयले ल्याब टेष्ट गर्ने गर्दछ । ‘अझै ल्याब टेष्ट सकिन दुई महिनाभन्दा बढी समय लाग्छ ।’ केन्द्रीय वर्कशपका इलेक्ट्रिक शाखा प्रमुख राजकुमार श्रेष्ठले विद्युत् प्राधिकरणले ग्लोबल टेण्डरमार्फत् खरिद गरेको ट्रान्सफर्मर ल्याब टेष्टपश्चात् मात्र देशभर वितरण गर्ने गरेको जानकारी दिए । हेटौंडाको विभिन्न स्थानमा भण्डारण गरिएको ट्रान्सफर्मर १५ केभीएदेखि तीनसय केभीएसम्मको रहेका छन् । ‘प्राधिकरणको देशभर रहेको विद्युत् वितरण केन्द्र र विभिन्न स्थानमा निर्माण भइरहेको सवस्टेशनलाई हामीले ट्रान्सफर्मर पठाउने गरेका छौं ।’, भण्डार प्रमुख कार्कीले स्थानीय तह र प्रहरीस“ग यस विषयमा समन्वय गरिएको दावी गरे । हेटौंडा–४, हुप्रचौर क्षेत्रका स्थानीयले भने लामो समयदेखि जथाभावीरुपमा ट्रान्सफर्मर राख्दा सुरक्षा जोखिम रहेको भन्दै गुनासो गरेका छन् । ‘सडक छेउ खुल्ला स्थानमा विद्युतीय सामग्री राख्नु जोखिमपूर्ण छ’ हेटौंडा–४ का राजन न्यौपानेले भने, ‘यसलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । राज्यले मह“गो मूल्यमा खरिद गरेको ट्रान्सफर्म जतिबेला जसले पनि सजिलै क्षति पु¥याउन सक्ने गरी विनासुरक्षा गार्ड राखिएको छ ।’ उनले ट्रान्सफर्मर राखिएको स्थानमा घा“स उम्रेर छोपिसकेको बताए ।






कमेन्टसहरु




2584352 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top