Sajhakura Dainik - रानी वनले बनायो प्रतिक्षालय
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

रानी वनले बनायो प्रतिक्षालय


समाज 23 पटक पढिएको




हेटौंडा÷सवारी साधनमा यात्रा गर्ने यात्रु, बटुवा र स्थानीयको सेवा सुविधालाई मध्यनजर गर्दै हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले प्रतिक्षालय निर्माण गरेको छ ।

 प्रतिक्षालयको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । वन समूहको चालु आव ०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतिक्षालय निर्माण गरिएको हो । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले एक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गरेको हो । यात्रु प्रतिक्षालय हेटौंडा–६ चौघडाको मध्यभागमा निर्माण गरिएको छ ।  निर्माण उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठका अनुसार प्रतिक्षालय करिब ५० हजारको लागतमा निर्माण गरिएको हो । प्रतिक्षालय निर्माणले उपभोक्ताको साथै बाटोमा हिड्ने बटुवा, विद्यार्थी समेतलाई सुविधा पुगेको उपभोक्ता बिमला सापकोटाले बताइन् । प्रतिक्षालय निर्माण उपसमितिका संयोजक केशव धितालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला, रामहरि राई, शुभद्रा तिमल्सिना, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नेपाल टेलिकम चौघडा शाखा प्रमुख रामहरि तिमल्सिना, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।






कमेन्टसहरु




2584294 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top