Sajhakura Dainik - न्वागी पर्व मनाउँदै चेपाङ समुदाय
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

न्वागी पर्व मनाउँदै चेपाङ समुदाय


समाज 17 पटक पढिएको




हेटौंडा÷सिमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व न्वागी आज धुमधामका साथ मनाउँदैछन् ।

 हरेक वर्ष भदौ २२ गतेका दिन मनाइंदै आइएको न्वागी (छोनाम) पर्व मकवानपुरका चेपाङ समुदायले पनि प्रकृतिको पूजा गर्दै नया“ फलेका अन्न खाएर मनाउने भएका छन् ।  न्वागीका दिन चेपाङ समुदायका प्र्रत्यक घरमा रातभर ढ्याङ्ग्रो ठोक्ने र देवीदेवता बोलाउने÷मनाउने चलन छ । साथै फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत देवी देवतालाई चढाएर मात्र खान सुरु गर्ने प्रचलन छन् । वर्षायाममा फल्ने कांक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई नचढाई खा“दैनन् । पिछडिएको आदिवासी जनजाति चेपाङ समुदायले विशेष गरी प्रकृतिको पुजकको रुपमा मानिन्छन् । उनीहरुले ढङ्गा, माटो, रुख, पानी, घाम आदि प्राकृतिक वस्तुहरुलाई न्वागीका दिन विशेष रुपमा पूजा गरी नया“ फलाहार चढाउने गर्छन् । न्वागीका दिन रातभर पूजा गरी ढ्याङ्ग्रो ठोक्ने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहि आएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज चेपाङको न्वागीको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ । गाउँपालिकाले भदौ २२ गते चेपाङ जातिको छोनाम न्वागीको अवसरमा गाउँपालिका भरी सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो ।






कमेन्टसहरु




2639759 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top