Sajhakura Dainik - उद्यमशील महिलालाई साढे १० लाख कर्जा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

उद्यमशील महिलालाई साढे १० लाख कर्जा


समाज 17 पटक पढिएको




हेटौंडा, २१ भदौ÷ रोटरी क्लव अफ हेटौंडाले एकल गरिब तथा विपन्न महिलालाई उद्यम सञ्चालनको लागि बिना ब्याज बिना धितोमा ऋण प्रदान गरेको छ ।

 मनहरी गाउँपालिकाका विभिन्न चार वटा समूह र हेटौंडा–९ मा एउटा समूहमा रहेका ३५ जना महिलालाई प्रतिव्यक्ति ३० हजारका दरले शुक्ष्म कर्जा प्रदान गरिएको क्लवले जनाएको छ । हाँडीखोलाका ४ समूह र हेटौंडाको एउटा समूहलाई गरी १० लाख ५० हजार रुपैयाँ कर्जा प्रदान गरिएको हो । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता र ३ नं. वडा अध्यक्ष मानबहादुर स्याङ्तानको विशेष आतिथ्यतामा शुक्रबार वडा कार्यालयमा कर्जा वितरण गरिएको थियो । त्यस्तै हेटौंडा–९ मा वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको आतिथ्यतामा वडा कार्यालयमै कर्जा वितरण गरिएको थियो । कर्जा वितरण पश्चात मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले महिलाहरुलाई उद्यमी बनाई आयसँग जोड्ने सुक्ष्म कर्जा कार्यक्रमलाई रोटरी क्लव अफ हेटौंडाले हाँडीखोलामा निरन्तरता दिएकोमा खुसी व्यक्त गरिन् । महिलाहरुलाई लक्षित गर्दै स्वरोजगार बनाउन गाउँपालिकाले पनि ४० लाखको घुम्ती कोष स्थापना गरेको उनले जानकारी दिइन् । यसैगरी हेटौंडा ९ नं. वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले सुक्ष्म कर्जा कार्यक्रम अझ बढी विपन्न महिलाहरु सम्म पु¥याउनुपर्ने धारण व्यक्त गरे । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र नेपालको अध्यक्षतामा भएको कर्जा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नेपालले रोटरी क्लबले एकल एवम् विपन्न महिलाहरुलाई लक्षित गरेर विगत नौ वर्षदेखि यो कार्यक्रम संचालन गर्दै आएको र हालसम्म मकवानपुरका विभिन्न स्थानका ५४ महिला समूहका ३७० जना महिलाहरुलाई साना उद्यम गर्नका लागि कर्जा सहयोग पु¥याएको बताए । अझ तल्लो तहसम्मका विपन्नहरुमा कर्जा पु¥याउन र पालिका तहमा पनि कार्यक्रमका बारेमा जानकारी गराउन जनप्रतिनिधिहरु मार्फत नै कर्जा वितरण गर्ने नीति अवलम्बन गरिएको उनले सुनाए । कर्जा वितरण कार्यक्रममा रोटरी क्लबका सुक्ष्म कर्जा कार्यक्रम संयोजक रामप्रसाद शर्मा, सहसंयोजक सुयस पराजुली, पूर्व सचिव अर्जुन सुवेदी, सदस्य हरिवंश भेटवाल र धिरेन्द्र शाक्यलगायतको सहभागिता रहेको थियो ।






कमेन्टसहरु




2639754 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top