Sajhakura Dainik - कम्युनिष्ट सरकार सरकारी सम्पती ब्रम्हलुटमाः बानियाँ
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

कम्युनिष्ट सरकार सरकारी सम्पती ब्रम्हलुटमाः बानियाँ


समाज 36 पटक पढिएको




हेटौंडा २२ भदौ÷ नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट सरकार अहिले दुई तिहाईको दम्भ र बलमिच्याईमा सरकारी सम्पतिमा ब्रम्हुलट र दलालहरुको काम गर्न मात्रै अग्रसर भएर लागेको आरोप लगाएका छन् ।

 नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति विभागको बागमती गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढीकरण कार्यक्रममा बोल्दै नेता बानियाँले कम्युनिष्ट सरकारले कांग्रेस सुतेर बसेको ठान्दै मुडँे बलमा एकपछि अर्को राष्ट्रघाती निर्णय गर्दै हिँडेको आरोप लगाउँदै कांग्रेसलाई सुतेको नठान्न चेतावनी दिए । सरकार गठनको दुई वर्षमा जनतालाई अनेक नामबाट सास्त्री र डरत्रासमा मात्रै राख्न खोजेको बताउँदै नेता बानियाँले कांग्रेसको भदौ २४ गतेबाट हुने दोश्रो चरणको जागरण अभियानमार्फत सशक्त ढंगले अघि बढ्ने र यो सरकार अझै नसुध्रिए तेश्रो चरणको जागरण अभियानबाट सरकारलाई ठूलै धक्का दिने बताए ।विभागका जिल्ला संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता तथा नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति र तामाङ संघ बागमती गाउँपालिका स्तरीय कमिटीसमेत गठन गरेको छ । कार्यक्रममा छविलाल भोम्जनका अध्यक्षतामा २१ सदस्यीय नेपाल आदिवासी जनजाति संघ र डम्बरबहादुर भ्लोनको अध्यक्षतामा ९ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय नेपाल तामाङ संघसमेत गठन गरिएको छ । गाउँपालिकास्तरीय भेला तथा संगन सुदृढिकरण कार्यक्रममा जिल्ला पार्टी सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, चोकबहादुर ठाडामगर, भीमसेन महत, महासमिति सदस्य धर्मराज लामिछाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, शेरबहादुर लामा, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङतान, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, डिल्लीप्रसाद घोरासैनी, फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।






कमेन्टसहरु




2639731 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top