Sajhakura Dainik - चेपाङ समुदायले मनाए न्वागी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

चेपाङ समुदायले मनाए न्वागी


समाज 29 पटक पढिएको




हेटौंडा÷सिमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायले आइतबार आफ्नो सांस्कृतिक पर्व न्वागी (छोनाम) धुमधामले मनाएका छन् ।

 प्रकृतिको पूजा गर्दै नया“ फलेका अन्न खाएर न्वागी मनाएका हुन् ।हरेक वर्ष भदौ २२ गतेका दिनलाई न्वागी (छोनाम) पर्वको रुपमा मान्दै चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे ढ्याङ्ग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ । फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत देवी देवतालाई चढाएर मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । वर्षायाममा फल्ने काँक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछि मात्र खान सुरु गर्छन् ।  घरमा नयाँ अन्न भित्रिएको खुसियालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङ समुदायले मात्र मनाउने एक सांस्कृतिक पर्व भएको नेपाल चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष खेम चेपाङले बताए । उनीहरुले ढुङ्गा, माटो, रुख, पानी, घाम आदि प्राकृतिक वस्तुहरुलाई न्वागीका दिन विशेष रुपमा पूजा गरी नया“ फलाहार चढाउने गर्छन् । चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना पनि गर्ने गर्दछन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुसीयाली साटासाट गरी मनाउने गरिएको चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष खेम चेपाङ बताउँछन् । न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन् ।यसैबीच विभिन्न जिल्लाका चेपाङ समुदायका मानिसहरु भेला भई मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरमा भेला भई आइतबार साँझ सांस्कृतिक कार्यक्रम गरी न्वागी मनाएका छन् । न्वागी विशेष कार्यक्रममा धादिङ, चितवन र मकवानपुरका गरी करिब एक हजारभन्दा बढी चेपाङहरु चैनपुरमा भेला भई न्वागी मनाएको नेपालचेपाङ संघ मकवानपुरले जनाएको छ ।चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङको न्वागीको अवसरमा आइतबार सार्वजनिक बिदासमेत दिएको थियो । गाउँपालिकाले यसवर्षदेखि भदौ २२ गतेका दिन चेपाङ जातिको छोनाम न्वागीको अवसरमा सार्वजनिक बिदा दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।






कमेन्टसहरु




2639726 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top