Sajhakura Dainik - फलफूलको बोट नै बिक्न थाल्यो
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

फलफूलको बोट नै बिक्न थाल्यो


अर्थ / व्यापार 25 पटक पढिएको




हेटौँडा÷भर्खरै फूल खेल्न थालेका आँप, लिच्चीलगायतका फलफूलको बोट नै बिक्री हुन थालेको छ । व्यापारीहरु गाउँगाउँमा पुगेर फलफूलको बोट नै किन्न थालेपछि किसानहरु दंग परेका छन् ।


व्यापारीहरु अहिले कृषकको खेत, बारी र बगैंचामा पुगेर मल, विषाधी र स्याहार गरिरहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिका वडा ३ मक्रान्चुलीस्थित पराजुली कृषि फर्ममा व्यापारीले फूल खेल्दै गरेको लिच्चीको बोटमा विषादी छरिरहेका छन् । स्थानीय गोकर्ण पराजुलीको कृषि फर्ममा रहेका लिचीको बोटबाट यस वर्ष निस्कने फल खरिद गरेसँगै विषाधी र स्याहार गर्न व्यापारीहरु आफैं खटिएका हुन् ।  

पराजुलीको कृषि फर्ममा हाल साना ठूला गरी २५ वटा लिचीको बोट रहेका छन् । फर्म संचालक पराजुलीले बगैँचामा रहेका लिची २५ हजार रुपियाँमा बिक्री गरिसकेको जानकारी दिए । फूल खेल्दै गरेको लिची बगैँचा किन्ने व्यापारीले फूल फुलेको बोट गनेर र अर्को फल टिप्दा प्रति केजी मूल्य रु ७० देखि ८० रुपियाँका दरले अहिले नै मूल्य तय गरी खरिद गर्दै आएका छन् । 

पराजुलीले जस्तै मकवानपुरगढी गाउँपालिकाका लिच्ची, आँपलगायतका फलफूल खेती गर्दै आएका कृषकले बोटमा नै फलफूल बिक्री गर्दै फलफूललाई आम्दानीको स्रोत बनाउँदै आएका छन् ।





कमेन्टसहरु




2584368 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top